टिकटकमाथि पाकिस्तानले प्रतिबन्ध लगायो

टिकटकमाथि पाकिस्तानले प्रतिबन्ध लगायो

इस्लामाबाद : चिनियाँ एप टिकटकमाथि पाकिस्तान सरकारले पनि प्रतिबन्ध लगाएको छ ।

सामाजिक सञ्जालमा टिकटकले अनैतिक कन्टेन्ट रोक्न असफल भएकोमा प्रतिबन्ध लगाइएको शुक्रबार सरकारी अधिकारीहरुले जानकारी दिए । भारत सरकारले प्रतिबन्ध लगाएको केही महिनामै पाकिस्तानले पनि उक्त एपमाथि प्रतिबन्ध लगाएको हो ।

टिकटकमा आउने भिडियो तथा अन्य सामग्रीलाई लिएर यसअघि पनि अन्य देशमा पनि विवाद हुने गरेको थियो । यद्यपि पाकिस्तानमा टिकटकमाथि प्रतिबन्ध लगाइएपछि ट्वीटरमा दिनभर ह्यासट्याग टिकटक नै चलाइएको छ ।

चीनसँग निकट सम्बन्ध रहेको भनिएको पाकिस्तानले अचानक टिकटकमाथि प्रतिबन्ध लगाएकोमा विभिन्न कोणबाट टिप्पणी आएका छन् । पाकिस्तानमै केहीले सरकारको यस्तो कदमको प्रशंसा गरेका छन् भने केहीले विरोध पनि गरे । यद्यपि भारतले टिकटकमा प्रतिबन्ध लगाएको निर्णयलाई सीमा विवादका कारण उत्पन्न दुई देशबीचको मनमुटावसँग जोडेर पनि व्याख्या गरिएको थियो । तर पाकिस्तानका लागि चीन एक बलियो सहयोगी मुलुक हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.