डा. केसी आईसीयूमा

डा. केसी आईसीयूमा

काठमाडौं : सरकारसँग शनिबार मध्यराति ८ बुँदे सहमति भएसँगै डा. गोविन्द केसीले आइतबार बिहान २८औं दिनमा अनशन तोडेका छन्। चार साता लामो अनशनले स्वास्थ्य कमजोर भएका कारण डा. केसीको उपचार त्रिवि शिक्षण अस्पतालको आईसीयूमा भइरहेको छ। 

कोरोना संक्रमणबाट मुक्त भई काममा फर्किएका त्रिवि शिक्षण अस्पतालकै सरसफाइ कर्मचारी विकास नेपालीले उनलाई जुस खुवाएर अनशन तोडाएका थिए। अनशन अन्त्य गर्नुअघि डा. केसीले दुवै पक्षका वार्ता टोलीका साथै शुभचिन्तक तथा सहयोगीलाई धन्यवाद दिएका थिए। डा. केसीका सहयोगी प्रीतम सुवेदीले सरकारसँग भएको सहमतिपत्र पढेर सुनाएका थिए।

अनशन अन्त्यपछि डा. केसी पक्षका वार्ता टोली संयोजक डा. जीवन क्षत्रीले सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिए। ‘सहमति गर्नुभन्दा कार्यान्वयन महत्त्वपूर्ण कुरा हो’, उनले अन्नपूर्णसँग भने, ‘सरकारले कार्यान्वयनमा इमानदारी देखाउनुपर्छ। अर्को पटक पनि अनशन बस्न नपरोस्।’ सरकार र डा. केसीबीच सम्झौता भएपछि नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.