ओखलढुंगा-रापुर सडक : म्याद सकिन चार दिन मात्रै बाँकी, सुरु भयो कालोपत्रे

ओखलढुंगा-रापुर सडक : म्याद सकिन चार दिन मात्रै बाँकी, सुरु भयो कालोपत्रे

ओखलढुंगाः म्याद सकिन चार दिन बाँकी हुँदा सदरमुकाम ओखलढुंगादेखि रामपुर–लप्सेखोला सडकमा डीबीएसटी कालोपत्रे गर्न थालिएको छ । सदरमुकामको नयाँबजारबाट सडकमा कालोपत्रेको प्राइमकोट बिछ्याउने काम सुरु गरिएको हो । 

यो आयोजनाको म्याद यही असोज २९ गतेसम्म रहेको छ । पटकपटक म्याद थपेको उक्त आयोजना ठेकेदारले काम नगर्दा समयमा नसकिएको हो । राष्ट्रिय  पुनर्निर्माण प्राधिकरणको भूकम्प आपतकालीन सहायता आयोजनाअन्तर्गत निर्माण भइरहेको सो सडकको १६ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । २३ दशमलब ६२ किलोमिटर सडकमा ७ दशमलब ६२ किलोमिटर क्षेत्रमा ग्राभेल गर्ने प्राविधिक स्टिमेट रहेको छ ।

२०७५ असार २७ मा भ्याटसहित २९ करोड ९९ लाख ६० हजार १ सय ३ रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी गौरी पार्वती निर्माण सेवा प्रालिले कालोपत्रे गर्ने कामको जिम्मा लिए पनि समयमै कालोपत्रेको काम सकेको थिएन । ठेक्का लागेको १८ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएपनि काम नसिकएपछि विभिन्न चरणमा समयसीमा थपिएको थियो ।

सडक चौडा बनाएर छाडिएपछि खसेको पहिरो र हिलोका कारण १६ किलोमिटर सडक पार गर्न २ घण्टा लाग्ने गरेको छ । पछिल्लो समयमा लकडाउन र भारी वर्षाको कारण देखाएर काम रोकिएको थियो । हिलाम्या सडक सुधार नगरेर ठेकेदारले बेश पुरा भएको ठाउँमा कालोपत्रे विच्छ्याएर म्याद थप्न काम देखाएको स्थानीयको गुनासो छ । निकै समस्या भएका ठाउँमा सुधार नगरी सरदमुकाम छेउमा काम देखिने भएकाले कालोपत्रेको कोट बिछ्याउन थालिएको स्थानीय सञ्जय खत्रीको आरोप छ । 

अहिले सो सडकमा कालोपत्रे गर्ने काम अगाडि बढाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का इन्जिनयर सरोज केसीले  बताए ।

हाल दसैंअघि नै सो सडकको ४ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने तयारी गरिएको इन्जिनियर केसीको  भनाइ छ । तयारी गरिएको क्षेत्रमा ग्राभेल बिछ्याउने र बेस कोर्ष तयारी गर्ने काम भएको उनले  बताए ।

सडक कालोपत्रे गर्ने अन्तिम समयसीमा आउन केही दिन मात्रै बाँकी हुँदा सडक निर्माणको समयसीमा थप गर्नका लागि पहल भइरहेको कार्यालयको भनाइ छ । आउँदो मंसिरसम्म सडक निर्माणको काम नसकिए पुस माघमा चीसो बढ्ने र कालोपत्रे नबस्ने समस्याले चैतसम्मै पर्खनुपर्ने प्रावधिकहरु बताउँछन् ।

‘काम द्रूत गतिमा गराउनका लागि हामी तयारी छौँ, इन्जिनियर केसी भन्छन्, 'तर दसैं तिहारका कारण अत्यधिक गाडीहरु आवतजावत गर्ने भएकाले काम गर्न समस्या देखिएको छ ।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.