प्रहरीमाथि अनुशासनको अंकुश

प्रहरीमाथि अनुशासनको अंकुश

सुर्खेत : दैलेख घर भएका एक प्रहरी जवानले दोस्रो विवाह गरेपछि उनीविरुद्ध बहुविवाहको उजुरी पर्‍यो। कालीकोटमा कार्यरत उनले यसअघि आफ्नो विवाह नभएको प्रमाण जुटाए। 

यो मुद्दा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतसम्म आइपुग्यो। ती जवानविरुद्ध पहिलो पत्नीले उजुरी दिएकी थिइन््। कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएका प्रहरी कर्मचारीले नै बहुविवाह गरेको प्रमाणित भएपछि प्रदेश प्रहरी कार्यालयले उनलाई कारबाही गर्‍यो। हाल उनी सजाय भोगिरहेका छन्। देवानी संहिताअनुसार कुनै पनि पुरुषले पहिलो श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्नु अपराध मानिन्छ। समाजमा बहुविवाह र बालविवाह रोक्ने जिम्मेवारी पाएका प्रहरी जवानले नै बहुविवाह गरेपछि प्रहरी संगठनले उनीमाथि अनुशासनको अंकुश लगाएको हो।

केही समयपहिला सुर्खेतको मेहलकुनामा मोटरसाइकल दुर्घटना भयो। मोटरसाइकलको ठक्करबाट केही यात्रु घाइते भए। तर, मोटरसाइकल चालकलाई प्रहरीले जानाजान त्यहाँबाट भगायो। पीडितलाई न्याय दिलाउनुको साटो सईकै मिलेमतोमा दोषीलाई उम्काउने प्रयास भयो। 

घटनाको वास्तविकता बुझेपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले आफ्नै संगठनमा कार्यरत सईलाई जागिरबाट बर्खास्त गर्न सिफारिस गर्‍यो। प्रहरी संगठनको आचरण र कानुनविपरीतको काममा संलग्न भएपछि उनी जागरिबाट हात धुन बाध्य भए। अपराध नियन्त्रण गर्ने जिम्मेवारी पाएका प्रहरी पछिल्लो समय यसरी कानुनविपरीतका काममा संलग्न हुन थालेका पाइएको छ। कानुन पालना गराउने जिम्मेवारी बोकेका सुरक्षाकर्मी नै ‘चेन अफ कमान्ड’भन्दा बाहिर जान थालेपछि कर्णाली प्रहरीले अनुशासनको अंकुश लगाउन थालेको हो। त्यही क्रममा प्रहरीले कानुनविपरीत काम गर्ने र संगठनको अनुशासनमा नरहने सहकर्मीमाथि नै धमाधम कारबाही गर्न थालेको छ। पछिल्लो साढे दुई वर्षमा कर्णालीमा कार्यरत नेपाल प्रहरीका जवानदेखि डीएसपीसम्म कारबाहीमा परेका छन्। 

संगठनको आचरणविपरीत काम गर्ने र कानुन नै हातमा लिने ३ सय ७६ प्रहरी कर्मचारीलाई कारबाही गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७५/०७६ मा १ सय ३७ जना, २०७६/०७७ मा २ सय १ जना र चालू आर्थिक वर्षको तीन महिनामा ३८ जना प्रहरीमाथि अनुशासनको कारबाही गरिएको सो कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए। 

तीमध्ये केहीलाई जागरिबाटै हटाइएको छ। बास्तोलाका अनुसार विभागीय कारबाहीअन्तर्गत नसियत दिने, पद घटुवा, सेवा अवधिको कम गणना, पदोन्नति रोक्का, ग्रेड घटुवा, ग्रेड रोक्का, निलम्बनलगायतका कारबाही गरिएको हो। गलत कार्य गर्नेविरुद्ध निर्मम रूपमा प्रस्तुत हुने संगठनको नीतिअनुसार कारबाहीमा पर्ने प्रहरीको संख्या वृद्धि हुँदै गएको बास्तोलाको भनाइ छ। 

प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेशअनुसार प्रहरीको आचरण एवं व्यवहारमा सुधार गर्न नयाँ आचारसंहिता लागू गरिएको हो। असोजदेखि लागू गरिएको आचारसंहिताअनुसार अब प्रहरी कर्मचारीलाई विपरीत लिंगीसँग अनावश्यक हेलमेल र सामाजिक सञ्जालको प्रयोगमा कडाइ गरिएको छ।

त्यस्तै सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दंगा भड्काउने, आतंककारी गतिविधिलाई प्रश्रय दिने कार्यलाई प्रतिबन्ध लगाइको छ। साथै शान्तिसुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधि प्रकाशन तथा प्रसारण गर्न प्रतिबन्ध लगाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.