माधव समूहले साथ दिएपछि जोगियो कर्णालीका मुख्यमन्‍त्रीको पद

माधव समूहले साथ दिएपछि जोगियो कर्णालीका मुख्यमन्‍त्रीको पद

सुर्खेत : कर्णालीमा तत्कालका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सत्ता संकटमा राहत मिलेको छ । 

मुख्यमन्त्रीविरुद्ध नेकपाकै १८ जना सांसदले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु प्रस्तावबाट पछाडि हटेका छन् । योसँगै मुख्यमन्त्रीको पद तत्कालका लागि जोगिएको उनको सचिवालयले जनाएको छ ।

आफू सुरक्षित रहेको सन्देश दिन मुख्यमन्त्री शाहीले मंगलबार नै नेपाल पक्षका सांसद कुर्मराज शाहीलाई संसदीय दलको सचेतकमा नियुक्त गरेका छन् । स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले कुनै पनि हालतमा मिल्न दबाब दिएपछि दुई पक्षबीच वीरेन्द्रनगरमा सोमबारबाटै छलफल चलेको थियो । अन्ततः मंगलबार नेपाल पक्षलाई तीन मन्त्री र सचेतक दिन मुख्यमन्त्री तयार भएपछि सहमति जुटेको बताइएको छ ।

अविश्वासको प्रस्तावमा छलफल गर्न मंगलबार दिउँसो १ बजे बैठक डाकिएको थियो । तर, हस्ताक्षर गरेका नेपाल पक्षका सांसदहरु उपस्थित नभएपछि उक्त बैठक नै प्रभावित भएको छ । पदीय भागबन्डा मिलेपछि नेपाल पक्षका सांसदहरु पछाडि हटेका हुन् । योसँगै मुख्यमन्त्रीलाई तत्कालका लागि राहत मिलेको छ । 

स्रोतका अनुसार मंगलबार नै नेपाल पक्षले मन्त्रीका लागि मगुका सांसद चन्द्रबहादुर शाही, दैलेखका अम्मरबहादुर थापा र जाजरकोटका करवीर शाहीको नाम मुख्यमन्त्रीलाई बुझाएको छ । मुख्यमन्त्रीको सचिवालयका अनुसार चाँडै मन्त्री नियुक्त गर्ने तयारी छ ।

अविश्वासको प्रस्तावमा नेपाल समूहका सात जनाले हस्ताक्षर गरेका थिए । केन्द्रको दबाब र प्रदेशमा भागबन्डा मिलेपछि आफूहरु पछाडि हटेको नेपाल पक्षका एक सांसदले बताए । यो सहमति कार्यान्वयन भएमा कर्णालीमा नेपाल समूहका चार जना मन्त्री हुनेछन् । 

अहिले नेपाल पक्षमा प्रकाश ज्वाला आर्थिक मामिलामन्त्री छन् । यता नेपाल पक्षका सांसदहरु बैठकमा उपस्थित नभएपछि अविश्वासको प्रस्ताव दर्ता गराएको पक्ष भने आन्तिरिक छलफलमै रहेको छ । 

४० सदस्यीय प्रदेश सभामा सत्तारुढ नेकपाका ३३ जना सांसद छन् । जसमध्ये अध्यक्ष केपी ओली पक्षका १२, प्रचण्ड पक्षका १३ र नेता नेपाल पक्षका आठ जना सांसद छन् ।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.