हजार रुपैयाँमै एन्टिजेनबाट अब कोरोना परीक्षण

हजार रुपैयाँमै एन्टिजेनबाट अब कोरोना परीक्षण

काठमाडौं : अब कोभिड-१९ को परीक्षण एन्टिजेनबाट पनि हुने भएको छ। सरकारले अब कोरोना भाइरस (कोभिड-१९)को  परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको हो। 

राष्ट्रिय कोभिड-१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड-१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

उनले यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ। मन्त्रालयले पछि यसको समयानुकल परिमार्जन समेत गर्नेछ। 

रिएजेन्ट परीक्षणको रिर्पोट पोजेटिभ आएका काठमाडौँ उपत्यकाको हकमा इपिडिमियोलेजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, सम्बन्धित कार्यालय र व्यक्तिलाई तथा नेगेटिभ रिर्पोट आएमा सम्बन्धित व्यक्तिलाई दिनुपर्ने उनले बताए। 

उनका अनुसार कोभिड-१९ एन्टिजेन परीक्षणका लागि एफडिए युएई मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट मान्यता प्राप्त गरेका किटमात्र सूचीकृत हुनु पर्नेछ। राष्ट्रिय  जनस्वास्थ्य प्रयोगशालको अनुमति प्राप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गराउने पाउने छन्। 

देशभरि कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमणबाट मंगलबार १८ जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सङ्क्रमणबाट १८ जनाको निधन भएको जानकारी दिए। योसँगै अहिलेसम्म ६६३ जना सङ्क्रमणबाट निधन भइसकेका छन्। 

नेपालमा सङ्क्रमणमध्ये मृत्युदर ०.६ प्रतिशत रहेको छ। यस्तै मृत्यु प्रतिदश लाख (सङ्क्रमण) मा २२.७ जनामा रहेको छ। मंगलबार तीन हजार ५५६ जनामा सङ्क्रमण देखिएको थियो भने एक हजार ५०३ जना डिस्चार्ज भइ घर फर्किसकेका छन्। 

शून्य सङ्क्रमित भएको जिल्ला मनाङ मात्र रहेको छ। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, भक्तपुर, चितवन, दाङ, बाँके र रुपन्देही रहेका छन्।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.