लोकसेवाको मापदण्डमा विवाद

लोकसेवाको मापदण्डमा विवाद

काठमाडौं : लोकसेवा आयोगले संक्रमणको विशेष अवस्थामा (सञ्चालन या व्यवस्थापन) सम्बन्धी मापदण्डमा कोरोना संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश नै नपाउने व्यवस्था गरेपछि विवाद सिर्जना भएको छ। 

मापदण्डमा परीक्षार्थी आफू कोभिड–१९ को संक्रमणबाट संक्रमित भए, नभएको स्वयंले घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ। संक्रमित परीक्षामा सहभागी हुन नपाउने र स्वयंले संक्रमित भए नभएको घोषणा गर्नुपर्ने व्यवस्थाको आलोचना भइरहेको छ। परीक्षार्थीहरूले अदालत र संसदीय समितिसमेत गुहारेका छन्। जटिल र जोखिमपूर्ण परिस्थितिमा आयोगको परीक्षा सञ्चालन नगर्न माग गरेका छन्। सरोकारवालाका तर्फबाट भन्दै राज्य व्यवस्था तथा सुशासन समितिसमक्ष परीक्षार्थीहरूले परीक्षा तत्काल रोक्न लगाउन निर्देशन दिन माग गरेका छन्। 

उनीहरूले नौ वटा कारण प्रस्तुत गर्दै काठमाडौं उपत्यका र मुलुकभर कोराना संक्रमण बढ्दै गएकाले पर्ख र हेरको स्थितिमा रही परिस्थितिमा आधारभूत परिवर्तन भएपछि परीक्षा सञ्चालन गर्न निर्देशन दिन माग गरेका छन्। 

परीक्षा सञ्चालनको लागि लोक सेवाले विज्ञापन प्रकाशित गरी परीषा तालिकासमेत सार्वजनिक गरिसकेको छ। आयोगको  २०७६ साल फागुन २८ गते प्रकाशित राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको विज्ञापनहरूमा अनलाइन दरखास्त भरी दरखास्त दस्तुर बुझाउन बाँकी रहेका उम्मेदवारहरूका लागि २०७७ असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म दरखास्त दस्तुर बुझाउने म्याद तोकिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.