नयाँ बजारमा ग्यास सिलिन्डर विस्फोट, ११ घाइते, २ को अवस्था गम्भीर

नयाँ बजारमा ग्यास सिलिन्डर विस्फोट, ११ घाइते, २ को अवस्था गम्भीर

काठमाडौं : राजधानीको नयाँ बजारस्थित फलफूल चोक अगाडि एक घरमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास सिलिण्डर विस्फोट भएको हो। 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्त एसपी सोमेन्द्र सिंह राठौरका अनुसार नीलकुमारीका ससूराको केही दिनअघि मृत्यु भएको र सो घरमा हाल किरियाकर्म भइरहेको थियो । 

बिहीबार बिहान ग्यास खोल्दा एक्‍कासी लिक भएर आगो बल्न थालेपछि केही बेरमै सिलिण्डर बिष्फोट भएको थियो। प्रहरीका अनुसार घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइतेहरुको मनमोहन अस्पतालमा उपचार भइरहेको जानकारी राठौरले दिए । राठौरका अनुसार घरमा रहेको चारवटै ग्यास सिलिण्डर विस्फोट हुँदा निलकुमारीको पुरै घरमा क्षति भएको छ।

वरपरका केही घरका सीसा फुटेर सामान्य क्षति भएको प्रहरीले जनाएको छ। घाइतेमा नीलकुमारी, चनमती केसी, विशाल कणेल, रमेश क्षेत्री, अमर बस्नेत, सरला बस्नेत, शान्त अधिकारी, अर्जुन चोहार, नर्सिङ केसी, रेसिना खत्री, किशोरी खत्री र विजया श्रेष्ठ छन्। प्रहरीले दमकल र ट्याङकरको सहयोगमा आगो निभाएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.