बलात्कार प्रयास मुद्दा : आरोपित वडाध्यक्ष धरौटीमा रिहा

बलात्कार प्रयास मुद्दा : आरोपित वडाध्यक्ष धरौटीमा रिहा

ओखलढुंगा : आसय करणी मुद्दाका आरोपित मानेभञ्ज्याङ गाउँपालिका-३ का वडा अध्यक्ष मेडल राई धरौटीमा छुटेका छन्। उक्त मुद्दामा सुनुवाइ हुँदा २ लाख धरौटीमा छाड्ने आदेश भएकाले आरोपित तोकिएको धरौटी बुझाएर छुटेको अदालतका तहसिलदार लालबहादुर कार्कीले जानकारी दिए ।

स्थानीय एक २४ वर्षीया महिलाले राती सुतेको ठाउँमा आएर बलात्कार प्रयास गरेको भन्दै असोज १९ उजुरी दर्ता गरेकी थिइन्। उजुरीपछि प्रहरीले आरोपित वडा अध्यक्षलाई सोही दिन पक्राउ गरी आषय करणी मुद्दा दर्ता गरेको थियो।

आरोपित वडा अध्यक्ष राईले ०७७ असोज १६ गते राति घरैमा सुतेको ठाउँमा आइ बलात्कार प्रयास गरेको पीडित महिलाले बताइन्। घटनापछि आरोपित वडा अध्यक्षसहित स्थानीयले दवाव दिएर मिलापत्र गर्न दवाव दिएको पीडित पक्षको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी रुपेश खड्काले पीडित पक्षको जाहेरीका आधारमा आषय करणीको मुद्दा दर्ता भएको बताए। उनले जाहेरी नै आषय करणीमा आएको जानकारी दिए। बलात्कार प्रयासको घटना आषय करणीमा दर्ता भएर धरौटीमा छुट्नु अनौठो विषय भएको भन्दै महिला अधिकारकर्मीहरुले आश्चर्य व्यक्त गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.