चिकित्सकमा कोरोना देखिएपछि दैलेख अस्पताल सिल

चिकित्सकमा कोरोना देखिएपछि दैलेख अस्पताल सिल

दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेख जिल्ला अस्पतालमा कार्यरत एकजना चिकित्सकसहित १२ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार आएको पीसीआर रिपोर्ट अनुसार अस्पतालमा कार्यरत एकजना चिकित्सक, ११ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेख जिल्ला अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. निरन्जन पन्तले जानकारी दिए । 

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ । शनिबारदेखि कात्तिक ४ गतेसम्मका लागि इमरजेन्सी सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गरिएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यववस्थापक डा. पन्तले जानकारी दिए ।

यसैबीच शुक्रबार जिल्लाको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी हाल दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् । 'खोकी लागेपछि कोरोनाको शंका लागेर परीक्षण गराएको थिएँ, परीक्षण गर्दा संक्रमण पुष्टि भयो, 'उनले भने, 'मैले काम गर्ने शिलसिलामा धेरै व्यक्तिसँग भेटघाट भएको छ, मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन आग्रह गर्दछु ।'

यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि दैलेखका सह–संयोजक हेमन्त दशौँदीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण तिब्र रुपमा फैलिइरहेको छ ।

शनिबार मात्रै ४ महिला र १८ पुरुषसहित २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक हजार दुई सय २४ जना पुगेको छ । तीमध्ये एक हजार एक सय २४ जना निको भइ डिस्चार्ज भइसकेका छन् । हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या एक सय जना छ । 

यता स्थानीय प्रशासनले दैलेख सदरमुकामका होटल, चियानास्ता पसल र रेष्टुरेन्ट बन्द गर्न निर्देशन दिएको छ । शुक्रवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय दैलेखले सदरमुकामका होटल, चियानास्ता पसल र रेष्टुरेन्ट बन्द गर्न प्रशासनको निर्देशन दिएको हो । सूचनामा कोरोना भाइरस (कोभिड–१९) का कारण दैलेख बजार क्षेत्रमा होटल व्यवसाय गर्ने व्यवसायीहरु ठूलो संख्यामा संक्रमित हुँदै गएको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि होटल, चियानास्ता पसल र रेष्टुरेन्टहरु तत्कालका लागि बन्द गर्न भनिएको छ ।

विश्वव्यापी रुपमा फैलिईएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र जिल्लागत संरचनाको बैठकको निणर्य अनुसार कोरोना संक्रमण पुष्टि भएका व्यवसाय गर्ने व्यवसायी र व्यवसायीको परिवारका सदस्यहरु प्रत्यक्ष संलग्न भई सञ्चालनमा रहेका पसल, व्यवसाय र सेवाहरु पूर्ण रुपमा बन्द गर्नुपर्नेछ । फेन्सी व्यवसाय गर्ने व्यवसायीहरुले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारका स्वास्थ्य सुरक्षा सर्तकता मापदण्ड अनिवार्य प्रयोग गर्ने तथा अनिवार्यरुपमा व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.