सरकार पूर्ण असफल : सिटौला

सरकार पूर्ण असफल : सिटौला

ताप्लेजुङ : नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले केपी ओली नेतृत्वकोसरकार पूर्ण रुपमा असफल भएको बताएका छन्। कोरोना भाइरस संक्रमित नागरिकको उपचारबाट हात झिक्नुले सरकारको असफलता प्रमाणित गरेको उनले दाबी गरे।

‘पहिल्यैदेखि सरकारको ध्यान जनताका आवश्यकता पुरा गर्नमा थिएन,’ मंगलबार ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सिटौलाले भने, ‘माहामारी फैलिएका बेला नागरिकलाई आफैं उपचार गर भन्नु गैह्र जिम्मेवारपन मात्रै नभएर संविधान विपरित हो।’ 

सरकारले हरेक नागरिकको कोरोना परीक्षण, उपचार निःशुल्क गर्नुपर्ने सिटौलाको भनाइ छ। प्रधानमन्त्री ओलीतर्फ लक्षित गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका सिटौलाले सरकारको नेतृत्वमा राज्य सञ्चालन गर्ने क्षमता नै नभएको आरोप लगाए। 

फरक प्रसंगमा उनले आगामी महाधिवेशनबाट कांग्रेस एक ढिक्का हुने दाबी गरे। ‘महाधिवेशनबाटै पार्टीभित्रका वेथिति, सैद्धान्तिक विचलनको अन्त्य भई एकताको सन्देश आउने छ,’ सिटौलाले भने, ‘जसका लागि म नेतृत्व लिन तयार छु।’ 

सिटौलालाई कांग्रेस ताप्लेजुङका नेता कार्यकर्ताले समेत भेट गर्दै पार्टी भित्र देखिएको विभाजनले निरासा छाएको भन्दै यसको अन्त्य गर्न पार्टीलाई सुझाव दिएका थिए।  सिटौला संगै पूर्वरक्षामन्त्री तथा सांसद भिमसेनदास प्रधानसमेत पाथीभरा दर्शनका लागि ताप्लेजुङ आएका थिए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.