भक्तपुरमा थप ६ संक्रमितको मृत्यु

भक्तपुरमा थप ६ संक्रमितको मृत्यु

भक्तपुर : भक्तपुरमा थप ६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार ४ महिला र २ पुरुष गरी ६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो।

यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३ पुगेको छ । यहाँका ३६ पुरुष र १७ महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।

कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका १४ पुरुष र ८ महिला गरी २२ जना संक्रमितको मृत्यु भएको छ । यसपछि मध्यपुर थिमि नपाका १५ पुरुष र ५ महिला गरी २० जना संक्रमितको मृत्यु भएको उनले जानकारी दिए ।

त्यस्तै सूर्यविनायक नपाका ६ पुरुष र ४ महिला गरी १० जना तथा चाँगुनारायण नपाका एक पुरुष संक्रमितको मृत्यु भएको छ ।

भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संक्रमणदर १.१३ प्रतिशत रहेको छ । जुन समग्र नेपालको मृत्युदरभन्दा दोब्बर हो ।

संक्रमित पुगे ४ हजार ६ सय ९०
भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढिरहेको छ । मंगलबार एकैदिन भक्तपुरमा एकसय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ६ सय ९० पुगेका छन् । जसमा २ हजार ६ सय ९३ जना पुरुष र एकहजार ९ सय ९७ जना महिला संक्रमित रहेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार मंगलबार भक्तपुरमा थप ९६ पुरुष र ७७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । जसमा सबैभन्दा बढी भक्तपुर नपाका २९ महिला र २९ पुरुष गरी ५८ जनामा संक्रमण भएको कार्यालयका प्रमुख मिजारले जानकारी दिए ।

त्यस्तै मध्यपुर थिमि नपाका ३१ पुरुष र २२ महिला गरी ५३ जना संक्रमण भएको छ ।

उनका अनुसार मंगलबार सूर्यविनायक नपामा २६ पुरुष र २० महिला गरी ४६ जना तथा चाँगुनारायण नपामा ५ पुरुष र ४ नपा गरी ९ जना नयाँ संक्रमित थपिएका छन् । ५ पुरुष र २ महिला गरी ७ संक्रमित भने सम्पर्कविहीन भएको उनले बताए ।

मंगलबारसम्म भक्तपुरमा एकहजार २ सय ४७ पुरुष र ८ सय ९० महिला गरी २ हजार एकसय ३७ सक्रिय संक्रमित रहेका छन् ।

‘जसमध्ये एकहजार ५ सय ६२ होम आइसोलेसनमा रहेका छन्’, प्रमुख मिजारले थपे, ‘५ सय ७५ जना संक्रमित भने अस्पतालको आइसोलेसनमा रहेका छन् ।’

उनका अनुसार भक्तपुरका एकहजार ४ सय १० जना पुरुष र एकहजार ९० जना महिला गरी २ हजार ५ सय संक्रमित डिस्चार्ज भएका छन् । जुन कुल संक्रमितको ५३.३० प्रतिशतमात्रै हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.