गर्भपतन सेवाको सुनिश्चितता

गर्भपतन सेवाको सुनिश्चितता

विश्व स्वास्थ्य संघ (डब्लूएचओ) ले २५ सेप्टम्बर २०२० मा प्रकाशन गरेको तथ्यांकअनुसार हरेक वर्ष करिब सात करोड ३३ लाख महिलाले गर्भपतन गर्ने गरेको छ। एक हजार गर्भवतीमध्ये ३९ जनाले गर्भपतन रोज्नुपर्ने बाध्यता रहेको वर्तमान अवस्थामा कोभिड– १९ को महामारीले थप अप्ठ्यारा झेल्नुपरेको देखिन्छ। १९९० को २८ सेप्टेम्बरका दिनलाई लाटिन अमेरिकामा गर्भपतनलाई ‘डिक्रिमिलाईजेसन डे’ मनाएकोलाई नै आधार मनाएर सन् २०१५ मा ४७ वटा देशका प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूको भेलामा ‘वुमेन ग्लोबल नेटवर्क फर रिप्रोटक्टिभ राइट्स’ ले यस दिनलाई सुरक्षित गर्भपतन दिवसका रूपमा बनाउने घोषणा गरेका हुन्। नेपालमा विसं २०५८ असोज १० गते मुलुकी ऐन (एघारौं संशोधन) संसद्ले पारित गरी सुरक्षित गर्भपतनको व्यवस्था भएको थियो। त्यसै सम्झनामा राष्ट्रिय सुरक्षित गर्भपतन दिवस र सेप्टेम्बर २८ मा अन्तर्राष्ट्रिय सुरक्षित गर्भपतन दिवस मनाउने गरिन्छ। 

विश्व स्वास्थ्य संघले गर्भपतनका कारण महिलाको ज्यान जोखिममा रहने गरेको र यसैका जटिलताका कारण करिब ७० लाख महिला अस्पताल भर्ना हुनुपरेको तथ्यांक सार्वजनिक गर्दै गर्दा नेपालमा ‘सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता, कोभिड– १९ को महामारीमा पनि सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ असोज १० गते छैटौं सुरक्षित गर्भपतन सेवा दिवस मनाएको छ।

अनिच्छत गर्भका लागि ५८ प्रतिशतले गर्भपतन रोज्ने हुन्छन् र यसरी रोजिने गर्भपतन सबै सुरक्षित हँुदैनन्। गर्भपतनलाई सुरक्षित बनाउने र यसका जटिलता कम गर्ने उद्देश्यले नै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सुरक्षित दिवस मनाउने गरेको हो। कोभिड– १९ महामारी, लकडाउन तथा बन्दाबन्दीले एकातिर दम्पतीहरूलाई सँगै बस्ने अवसर जुटायो भने अर्कातिर परिवार नियोजनका साधन र सुरक्षित गर्भपतन सेवा लिन अस्पताल जाने क्रममा कमी ल्याएकाले नै ‘सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता, कोभिड– १९ को महामारीमा पनि सेवाको सुनिश्चितता’ भन्ने नारा राखिएको हुनुपर्छ।

मानिसको आवश्यकता बढ्दो छ। गाँस, बास र कपासमा मात्र हामी सीमित रहँदैनौं। गाँस, बास र कपाससँगै ‘सहवास’ पनि आजको आवश्यकता हो। परिवार महाशाखाले गरेको अध्ययनअनुसार वार्षिक ४३ प्रतिशत दम्पतीले मात्र सुरक्षित रूपमा आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन्। अधिकांश दम्पतीले परिवार नियोजनका साधन नरोज्ने अनि सन्तानको रहर पनि नगर्ने भएपछि गर्भपतन त हुनै भयो। तर गर्भपतनलाई सुरक्षित बनाउन सकिन्छ यद्यपि गर्भपतन र यसका जटिलता कम गर्न सबैभन्दा उत्तम उपाय परिवार नियोजनका साधनको प्रयोग गर्नु नै हो। परिवार नियोजनका साधनले गर्भ रहन नदिने भएकाले गर्भपतन रोज्नुपर्ने बाध्यता अन्त्य गरिदिन्छ। आवश्यक परामर्श लिएर आफूलाई मनपरेको प्रभावकारी परिवार नियोजनका साधन प्रयोग गर्नु बुद्धिमानी साबित हुन्छ। अहिले बजारमा आकस्मिक गर्भनिरोधक चक्की पनि उपलब्ध हुने भएकाले संयोगवश रहन गएको असुरक्षित यौन सम्पर्कपछि पनि गर्भ रोक्न सकिने भएकाले अलिक सजिलो पक्कै भएको हुनुपर्छ।

असुरक्षित गर्भपतनका कारणले आएका जटिलताका थप उपचारका लागि हरेक वर्ष ७० लाख महिलालाई अस्पतालमा भर्ना गर्नुपरेको विश्व स्वास्थ्य सघंको सो तथ्यांकले देखाएको छ।
 

असुरक्षित गर्भपतन हुन नदिन गर्भपतनलाई सुरक्षित बनाउनु अर्को विकल्प हुन सक्छ। गर्भपतनलाई सुरक्षित बनाउन नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिएर सुरक्षित गर्भपतन सेवा सुरु गरिएको पनि १५ वर्ष बितिसक्यो। नेपालमा १८ वर्ष पार गरेकी, मानसिक सन्तुलन ठीक रहेको हरेक गर्भवतीले आफ्नै मञ्जुरीमा तथा १८ वर्ष पार नगरेको (नाबालक) वा मानसिक अवस्था ठीक नभएको अवस्थामा नातेदारको मञ्जुरीमा गर्भपतन गर्न पाउने कानुनी व्यवस्था छ। गर्भपतनले कानुनी मान्यता पाएकाले लुकिछिपी, असुरक्षित स्थानमा र अयोग्य व्यक्तिबाट गर्भपतन गराउनुपर्ने बाध्यता अन्त्य भएको छ। नेपालको ७७ वटै जिल्लामा एक हजार एक सय २४ वटा सरकारी तथा गैरसरकारी अस्पताल र स्वास्थ्य संस्थाले सुरक्षित गर्भपतन सेवा प्रदान गरिरहेको २०७३÷७४ को तथ्यांकले देखाएको छ। सुरक्षित गर्भपतन गर्न नेपालमा भ्यानुल भ्याकुम एस्पिरेसन (एम.भी.ए.) अर्थात् प्लास्टिकमा क्यालुनाद्वारा खाली पारिएको सिरिन्जको मद्दले गरिने गर्भपतन सेवासँगसँगै एमए अर्थात् मेडिकल एबोर्सन (औषधिद्धारा गरिने गर्भपतन) दुवै किसिमका सेवा सुचारु छन्। यी दुवै सेवा अधिकांश सरकारी अस्पताल तथा केही गैरसरकारी स्वास्थ्य संस्थामा उपलब्ध छन्। गर्भपतन सेवाका लागि कानुनी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ। गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ। गर्भपतन सेवाका लागि सूचीकृत भएका वा मान्यताप्राप्त संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ। राम्रो कुरा के भने यस्ता सूचीकृत संस्थामा सूचीकृत अर्थात् तालिमप्राप्त चिकित्सकबाट गरिएको गर्भपतन समस्याका कारण हालसम्म एक महिलाको पनि मृत्यु भएको छैन भने एक प्रतिशतभन्दा पनि कममा मात्र केही समस्या आउने गरेको तथ्यांकले देखाएको छ।

तर असुरक्षित गर्भपतनले गर्भपतन राम्ररी नहुने जसका कारण अत्यधिक रक्तस्राव हुने सम्भावना हुन्छ। अत्यधिक रक्तस्रावका कारण महिलाको मृत्युसमेत हुने गरेको पाइन्छ। त्यस्तै असुरक्षित गर्भपतनले पाठेघरमा घाउ लाग्ने, फुट्ने तथा यौनांग नै बिग्रने हुन सक्छ। यसले गर्दा तत्कालै महिलाको ज्यान जान सक्ने वा दीर्घकालीनरूपमा बाँझोपन हुन सक्ने सम्भावना रहन्छ। असुरक्षित गर्भपतनका कारणले पाठेघरमा संक्रमण हुने र बेलैमा संक्रमणलाई नियन्त्रण गर्न नसकेको अवस्थामा महिलाको ज्यान जाने खतरा रहन्छ। असुरक्षित गर्भपतनका कारणले आएका जटिलताका थप उपचारका लागि हरेक वर्ष ७० लाख महिलालाई अस्पतालमा भर्ना गर्नुपरेको विश्व स्वास्थ्य सघंको सो तथ्यांकले देखाएको छ। असुरक्षित गर्भपतनकै कारणले ४.७ देखि १३.२ प्रतिशत मातृमृत्यु हुने गरेको सो तथ्यांकमा उल्लेख छ। यिनै कारणले असुरक्षित गर्भपतनलाई चुनौतीका रूपमा स्वीकार गर्नुपर्ने र यसलाई रोक्न आवश्यक देखिन्छ।

अहिलेको महामारी तथा बन्दाबन्दी जारी भएपछिको छमहिने अवधिमा ३६ प्रतिशतले गर्भपतन सेवा प्रयोग गर्ने दर घटेको परिवार महाशाखाले जनाएको छ। गत वर्ष यही समयको तुलनामा यस वर्ष यो सेवा लिनेको संख्या घटेको हो। हुन त आधिकारिक रूपमा कुनै सूचीकृत सेवा केन्द्रहरू बन्द गरेको वा सेवा नदिएको होइन। परिवार महाशाखाले फोनबाट सुरक्षित गर्भपतन, प्रजनन स्वास्थ्यलगायत विषयमा परामर्श लिन सकिने गरी निःशुल्क फोन गर्न सकिने व्यवस्था गरिएको भए पनि कोरोना त्रासमा यो सेवा लिनुपर्नेहरूको संख्यामा कमी आएको अवश्य रहेको छ।

पछिल्लो समयमा आवश्यक परीक्षण र परामर्शबिना नै गर्भपतन औषधिहरू मेडिकल हल तथा फार्मेसीहरूद्वारा साझै बिक्रीवितरण हुने गरेकाले गर्भपतनका जटिलता थपिँदै गएको छ। यसरी कानुनी र स्वास्थ्यका मापदण्ड नअपनाएर गर्भपतनका विभिन्न औषधि रूपमा बिक्री हुने गरेकाले अपनाउनुपर्ने सावधानी तथा सतर्कताका बारेमा अनभिज्ञ रहेकाले गर्भवतीहरूले दुःख पाउने गरेका छन्।

परिवार नियोजनका साधनको प्रयोग र सुरक्षित यौनव्यवहारले गर्भपतन रोज्नुपर्ने बाध्यतामा कमी गर्नु र रोज्नैपरे सुरक्षित गर्भपतन मात्र रोज्नु नै हरेक दृष्टिले उपयुक्त हुन्छ। नेपालमा सरकारी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा निःशुल्क रहेको छ। सरकार तथा सेवाप्रदायकहरूले ‘सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता, कोभिड– १९ को महामारीमा पनि सेवाको सुनिश्चितता’ भनिरहँदा कतै असुरक्षित गर्भपतन नहोस्, असुरक्षित गर्भपतनका कारण गर्भवतीको मृत्यु नहोस्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.