बजेट अभावमा कर्णालीमा सुरु भएन प्लाज्मा थेरापी

बजेट अभावमा कर्णालीमा सुरु भएन प्लाज्मा थेरापी

सुर्खेतः कर्णालीमा कोरोना संक्रमणको दर बढ्दो छ । बुधबारसम्म प्रदेशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । तर पनि हालसम्म कर्णालीमा संक्रमतिको उपचारका लागि प्लाज्मा थेरापी सेवा सुरु हुन सकेको छैन ।

संक्रमितको उपचारका लागि देशका अन्य स्थानमा प्लाज्मा थेरापी उपचार पद्धती अपनाइएको छ । तर आवश्यक बजेट नहुँदा कर्णाली प्रदेशमा भने प्लाज्मा थेरापी सेवा सुरु नभएको हो । 

प्लाज्मा थेरापी सेवा सुरु गर्नसक्ने पर्याप्त जनशक्ति हुँदाहुँदै पनि बजेट अभावका कारण सेवा सुरु गर्न नसकिएको प्रदेश अस्पताल सुर्खेतले जनाएको छ । स्थानीय र प्रदेश सरकारले अधिकांश बजेट कोरोना नियन्त्रणमा लगानी भइरहेको बताइरहँदा कर्णालीमा प्लाज्मा थेरापी सेवा सुरु गर्न बजेट अभाव भएको हो ।'कम्तिमा एक सातामै प्रदेश अस्पतालले प्लाज्मा थेरापीपद्धतीबाट उपचार गर्न सक्षम छ, 'प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्मर खड्काले भने, 'तर हामीलाई सरकारले बजेट नदिँदा प्लाज्मा थेरापी सेवा सुरु गर्न सकेका छैनौं, आवश्यक बजेट नहुँदा यो उपचार सुरु हुन सकेको छैन।'

कर्णालीमा यो सेवा नहुँदा जटिक खालका संक्रमितलाई प्रदेशभन्दा बाहिर उपचारका लागि रिफर गर्नुपर्ने बाध्यता छ । समयमै उपचार नपाउँदा संक्रमितको ज्यान नै जाने गरेको चिकित्सकहरुले बताएका छन् । जटिल प्रकृतिका संक्रमित बढ्नसक्ने भन्दै अस्पतालले गत असारमै प्लाज्मा थेरापी सेवा सुरु गर्न बजेट माग गरेको थियो । तर तीन महिना वितिसक्दा पनि प्रदेश सरकारले बजेट उपलब्ध गराउन सकेको छैन ।

प्लाज्मा थेरापी सेवा नहुँदा कर्णालीका जटिल प्रकृतिका बिरामीलाई नेपालगञ्ज र काठमाडौं रिफर गर्नुपर्ने बाध्यता छ ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले भने अस्पताललाई बजेट पठाउने प्रक्रियामा रहेको दाबी गरेको छ । 

सबै प्रक्रिया पूरा गर्दा तोकिएकै समयमा अस्पतालाई बजेट पठाउन नसकिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । ‘यो सेवा सुरु गर्न प्रदेश अस्पतालालाई एक करोड बजेट दिने तयारी गरेका छौं, तर प्रक्रिया पुरा भएको छैन’स्वास्थ्य सेवा महाशाखा प्रमुख बृषबहादुर शाहीले भने, 'अब दशैंपछि मात्रै बजेट पठाउन सकिन्छ ।’ समयमै अस्पताललाई बजेट पठाउन नसकेको मन्त्रालयले भने कोरोना नियन्त्रणका कहिले बजेट अभाव हुन नदिने दाबी गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.