कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुग्यो, पाँच हजार तीनसय ५१ संक्रमित

कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुग्यो, पाँच हजार तीनसय ५१ संक्रमित

सुर्खेतः कर्णालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १५ पुगेको हो । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो पटक मंगलबार राती रुकुमपश्चिमा एक महिलाको ज्यान गएको छ ।

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका ७ मा ५७ वर्षीया एक महिलाको मंगलबार राती मृत्यु भएको हो । मृत्युपछि उनको स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । केहीदिन अघिमात्र ती महिला चितवनमा क्यान्सरको उपचार गरेर घर फर्किएकी थिइन् । गाउँपालिकाका उपाध्यक्ष निर्मला विष्टले चौरजहारीमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ आएको बताइन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु भएका र मृत्युपछि कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या १५ पुगेको हो । यस्तै मंगलबार बेलुकीसम्म कर्णालीमा कर्णालीमा कुल संक्रमतिको संख्या पाँच हजार तीनसय ५१ पुगेको छ । यस्तै हालसम्म तीन हजार नौसय ८५ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शिक्षा महाशाखाका अधिकृत नवराज कँडेलले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.