मापदण्ड नबन्दा सञ्चालनमा समस्या इँटा उद्योगमा मजदुरको अभाव

मापदण्ड नबन्दा सञ्चालनमा समस्या इँटा उद्योगमा मजदुरको अभाव

विराटनगर : प्राविधिक मजदुरको अभावले इँटा उद्योग सञ्चालन गर्न समस्या भएको छ । इँटा उद्योगमा भारतीय प्राविधिक मजदुरले नेपाल नआउदा सञ्चालनमा समस्या भएको हो ।

इँटा बनाउने सिजन आएका बेला राज्यले भारतीय प्रावधिक मजदुरलाई ल्याउन मापदण्ड निर्धारण गर्नु पर्ने इँटा उद्योगीले माग गरेका छन् ।

इँट्टा उद्योग व्यवसायी महासंघ प्रदेश १ इटहरीका अनुसार प्रदेश १ मा संघमा आवद्ध ७५ सहित जम्मा १ सय ३६ वटा इँटा उद्योगहरु सञ्चालनमा रहेका छन् ।  

नेपालमा इँट्टा उत्पादनसँग सम्बन्धित  दक्ष जनशक्तिको अभावका कारण प्रत्येक उद्योगले हरेक वर्ष करिब ३५ हजार भारतीय प्राविधिक ल्याउने गरेका छन्  । 

कोरोना भाइरसको संक्रमण रोक्न सीमा सिल हुँदा भारतीय कामदार भित्र्याउन नसक्दा इँटा उत्पादनको काम अवरुद्ध भएको संघले जनाएको छ । संघले विज्ञप्ति निकालेर संघीय सरकार र प्रदेश सरकारले भारतीय मजदुर ल्याउन निर्धारण गर्ने जुनसुकै  मापदण्ड पालना गर्न  आफूतयार रहेको जनाएको छ । संघका कोशी संयोजक  दीपक ढकाकले इँट्टा उद्योग सिजेनेवल व्यवसाय रहेको र उद्योग सञ्चालन गर्ने समय आएका बेला भारतबाट कामदार ल्याउन नसके उद्योग पूर्णरुपमा बन्द गर्नुपर्ने बताए ।  

विकास निर्माणका कार्यहरु सञ्चालन गर्नको लागि मुख्य आवश्यक वस्तुको रुपमा इँट्टा पनि रहेकाले इँट्टा उद्योग बन्द भएमा  विकास निर्माण कार्यमा समेत प्रतिकुल असर पर्ने उनले बताए ।

‘उद्योगले करोडौं रुपैयाँ बैंक कर्जा लिएर इँट्टा बनाउनका लागि माटो खरिद गरेर स्टक गरेका छन्’, उनले भने ।  उद्योग सञ्चालन हुन नसके बैंकको कर्जा तिर्न नसक्ने अवस्था रहदैन् ।

सरकारले जारी गरेका विभिन्न सतर्कताका उपाय अपनाएर सञ्चालन गर्न तयार भएको उनले बताए  । सामाजिक उत्तरदायित्वको भूमिकासमेत निर्वाह गर्दै आएका इँट्टा उद्योगहरु राज्यलाई वर्षेनी ७५ लाख बराबरको राजस्व तिर्दै आएको जनाएको छ ।  

स्थानीय हाट बजारबाट हप्तामा २ करोड २५ लाख बराबरको खाद्यान्न उद्योग सञ्चालनका लागि किनमेल गर्ने गरेका छन् । इँट्टा उद्योगीले गर्ने गरेको कारोबारले स्थानीय बजारको प्रवद्र्धनमा समेत टेवा पुर्या‍इरहेको उद्यागीले जनाएका छन् । 

 प्रत्येक उद्योगले ७० जनाको दरले मात्र कामदार ल्याउने, कामदारलाई छुट्टै आवासको व्यवस्था गर्ने तथा आवश्यक खाद्यान्न उद्योगले उपलब्ध गराउने, प्रत्येक १० कामदार बराबर १ शौचालयको व्यवस्था उद्योगले गर्ने, भारतीय मजदुरलाई  १५ दिन होम आइसोलेसनका रुपमा भट्टामै राख्ने, उद्योग परिसर भित्रै कम्तीमा १० शैय्याको क्वारेनटिनको व्यवस्था उद्योगले नै गर्ने, पीसिआर चेक गरेर मात्र काममा लगाउने, नियमित ज्वोरो जाँच्ने तथा आवश्यक स्वास्थ्य परीक्षणको निम्ती स्वास्थ्यकर्मीको व्यवस्थापन उद्योगले गर्ने लगायतका लगायतका मापदण्ड समेत बनाएका छन् । 

यस अघि प्रत्येक इँटा उद्योगले  तीन सयको हराहरीमा भारतीय प्राविधिक मजदुर ल्याउने गरेका छन्  ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.