नक्कली नोट दिएर सामान किन्ने पक्राउ

नक्कली नोट दिएर सामान किन्ने पक्राउ

चितवन : नक्कली नोट बोक्नेलाई चितवन प्रहरीले पक्राउ गरेको छ । नक्कली नोटले सामान किन्ने क्रममा चितवनमा एकजना पक्राउ परेका छन् । पसलमा सामान किन्दा नक्कली नोट दिएर फरार भएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामान किनेपछि फरार भएका प्रहरीले मकवानपुरको राक्सीराङ–८ का  २६ वर्षीय जीतबहादुर लोप्चनलाई पक्राउ गरेको चितवन प्रहरी प्रमुखनान्ती राज गुरुङले बताए ।  जिल्ला प्रहरी कार्यालय चितवनले ३ लाख २१ हजार नगदसहित उनलाई पक्राउ गरेको हो ।

राप्ती नगरपालिका–५ चौकीडाँडामा १२ हजार नक्कली नोट सहित पक्राउ गरेको थियो । लोप्चनको घर खानतलासी गर्दा बाँकी नोट घरमा लुकाइ रहेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए । खाजा खाएबापत रकम तिर्न नक्कली नोट दिएपछि लोप्चन पक्राउ परेका हुन्। नजिकैको पसलमा खाद्यान्न किनेका थिए। 

उनलाई अनुसन्धानको लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । लोप्चनलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तरगत मुद्रासम्बन्धी कसुरमा थप अनुसन्धा नचलाउने तयारी गरेको छ । उक्त कानुनी व्यवस्थाअनुसार १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.