होसियार ! छिटो सवारी चलाए कारवाहीमा परिएला
चितवन : नारायणगढ मुग्लिन सडक बढी दुर्घटनाको हुने क्षेत्र हो । सडकको स्तरोन्नती भएसँगै सवारी दुर्घटनाको जोखिम बढ्दो छ । खुला र फराकिलो सडक , नारायणगढ मुग्लिन सडकको भतेरीमा सवारी हुईकदै थिए । सडकका छेउमा अत्याधिक गति प्रतिघण्टा चालिस किलोमिटर तोकिएको सडक चिन्हको बोर्ड पनि छ । यसको वास्ता नगरी सवारीको गति बढी नै थियो ।
राजमार्गमा ट्राफिक देखिए पनि सवारी चालकलाई त्यसको वास्ता थिएन । अन्य समयमा जस्तै कागजपत्र चेकजाँच ठानेर सवारी हुइकाउनेहरु राजमार्ग क्षेत्रमा आफ्नै सुरमा गाडी चलाउँदै थिए ।प्रहरी सहायक निरीक्षक मदनबहादुर विष्टले गतिमापन यन्त्र ‘राईडर गन ’ तेर्साउन थाले । तीब्र गतिमा सवारी हाकेको प्रमाण देखाएपछि सवारी चालक झसङ्ग भए ।
अन्य समयमाझै सडक सुरक्षाको नियम उल्लघन गर्नेहरु बिहीबार प्रहरीको छड्के चेकजाँचको कारवाहीमा परे । ' कसैलाई थाहा छैन भनेर टाढाबाट स्पिड आउने सवारीलाई टार्गेट गरेर गन हान्छौं, 'विष्टले भने, 'कतिपयले विवाद गर्छन् । हामी प्रिन्ट गरेर त्यसको प्रमाणसहित कारवाही गर्छौं ।'
यसरी कारवाही गर्दा कतिपयले विवाद गर्छन् । ट्राफिकमाथि आक्रोश पोख्नेहरुलाई सम्झाएर पठाउँछन् । सडक सुरक्षाका लागि ट्राफिक प्रहरी बाग्मती प्रदेशले गतिको अनुगमनमा कडाइ थालेको छ।
गतिमा सवारी चलाउनेलाई बाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयले कारबाही गर्न थालेको छ । अत्याधिक दुर्घटनाको संभावित क्षेत्रमा राइडर गनप्रयोग गरेर प्रहरीले गति नियन्त्रण गर्न थालेको छ । सवारी दुर्घटनामा कमी ल्याउन ट्राफिक प्रहरीले गति नियन्त्रणमा कडाइ गर्न ट्राफिक प्रहरीले छड्के निगरानी थालेको हो ।
चाडपर्व लक्षित गरेर अहिले सवारी गतिमापन बढी हुने गरेको छ । राजमार्ग क्षेत्रमा तीब्र गतिमा गुडेका सवारीलाई धमाधम कारवाही थालिएको छ ।उपत्यका बाहेक बाग्मती प्रदेशका ट्राफिक प्रहरीले राजमार्गमा चल्ने सवारी साधनको गति नियन्त्रणलाई प्रभावकारी बनाउन गति निगरानी गर्न सुरु गरेको ट्राफिक प्रहरी कार्यालय बाग्मती प्रदेश प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । ' चाडपर्वमाअत्याधीक गाडी कुदाउने क्रम बढेपछि सजगता र सतर्कताको लागीगति नियन्त्रण गरेका हौं’ कोईरालाले भने, 'दुर्घटना न्यूनिकरणमा हामीप्रयास गरेका हौं।'
चितवन भएर आवतजावत गर्ने सवारीलाई लक्षित गरिएको छ । मोटरसाइकल, कारसहित ठूला क्षमताका सवारी कारवाहीमा परेका छन् । प्रहरीले तिहार छठ विशेष सुरक्षा योजनालागु गरेको छ प्रदेश कार्यालयले चितवनमामात्रै करिब एक सातामापाँच सय एक सवारी कारवाहीमा परेका छन् । नारायणगढ मुग्लिन सडकको स्तरोन्नति भएपछि सवारीको गति पनि बढी हुने गरेको छ ।