राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्यान्डल ‘ब्लक’

राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्यान्डल ‘ब्लक’

काठमाडौं : राष्ट्रपति कार्यालयको ह्याण्डल @ShitalNiwas नामक भेरिफाइड ट्वीटर ह्यान्डल ब्लक भएको छ। 

राष्ट्रपतिको सचिवालयले प्रयोग गरिरहेको ट्वीटर ह्यान्डल सधैका लागि बुधबार ब्लक भएको हो। 

राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयले प्राविधिक समस्याका देखिएको भन्दै ट्वीटर ह्यान्डल बन्द गर्नुपरेको जानकारी दिएको छ। 

राष्ट्रपति कार्यालयका सूचना तथा सञ्चार विज्ञ टीकाप्रसाद ढकालले ट्वीटर ह्यान्डल प्राविधिक समस्या देखिएको बताए। 

उनले यो ह्यान्डल बन्द भएपछि तत्काल नयाँ तयार गरेर प्रस्तुत गर्ने जानकारीसमेत दिएका छन्। उनले यो बन्द हुँदा यसबाट पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन्। 

‘राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको @ShitalNiwas ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको छ’, ढकालले ट्वीट गर्दै भनेका छन्, ‘कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं। यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु।’ 

यसअघि यो ह्यान्डलमा ट्वीट भएका सामग्रीको आलोचना हुँदै आएको थियो। 

सूचना विज्ञ ढकालले नै यो अकाउन्टलाई भेरिफाइड गरेर सञ्चालनमा ल्याएका थिए । राष्ट्रपतिको छुट्टै ट्विटर ह्याण्डल @PresidentofNP समेत सञ्चालनमा छ । ढकालका अनुसार यसलाईसमेत भेरिफाइ गराउने काम अगाडि बढेको छ । 

राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको @ShitalNiwas ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको छ । कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु ।

— Tika P. Dhakal (@TikaDhakaal) October 28, 2020


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.