दैलेखमा संक्रमणको अवस्था भयावह, कोरोना परीक्षण गराएका शतप्रतिशतमा संक्रमण

दैलेखमा संक्रमणको अवस्था भयावह, कोरोना परीक्षण गराएका शतप्रतिशतमा संक्रमण

दैलेख : दसैं तथा तिहारमा जिल्ला आउनेको आवतजावत र भीडभाड बाक्लिएसँगै दैलेखमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण समुदायस्तरमा तीब्ररुपमा फैलिन थालेको छ ।पछिल्लो तीन दिनको तथ्यांक हेर्दा संक्रमणको ग्राफ बढ्दो छ ।

पीसीआर परीक्षणका लागि संकलन गरिएको स्वाबमध्ये शत प्रतिशतमा संक्रमण पुष्टि हुन थालेको छ । गत मंगलबार पीसीआर परीक्षणका लागि संकलन गरिएका स्वाबमध्ये ६० प्रतिशतलाई संक्रमण पुष्टि भएको थियो । यो संख्या बढेर बुधबार ८० प्रतिशतलाई संक्रमण पुष्टि भयो । 

बिहीबार भने शत प्रतिशतलाई संक्रमण पुष्टि भएको दैलेख अस्पताल पीसीआर प्रयोगशालाका इन्चार्ज शंकर शाहीले जानकारी दिए । बिहीबार १२ जनाको मात्रै स्वाब परीक्षण गरिएको थियो । स्वाब परीक्षण गरिएको १२ जनामै संक्रमण पुष्टि भएको इन्चार्ज शाहीले जानकारी दिए ।

'जिल्लामा संक्रमणको जोखिम उच्च छ,' इन्चार्ज शाहीले भने समुदायस्तरमा परीक्षण गर्ने हो भने ७० प्रतिशत नागरिकमा संक्रमण देखिनसक्छ ।' सरकारले कोरोना परीक्षण गर्न शुल्क तोकेपछि परीक्षण गर्नेहरु घटेको शाहीले बताए । 

कडा ज्वरो आउने, खोकी लाग्ने र स्वास फेर्न गाह्रो भएर अक्सिजन दिनुपर्ने अवस्थाका बिरामी बढ्दै गएको दैलेख अस्पताल स्रोतले जनाएको छ । जिल्ला सदरमुकाममा जनप्रतिनीधि, स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी, व्यवसायीलाई कोरोना संक्रमण बढि देखिएको छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत एवं कोभिड–१९ फोकल पर्सन थीरप्रसाद रेग्मीले जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह रहेको भन्दै सजग र सुरक्षित रहन आग्रह गरेका छन् । रेग्मीका अनुसार शुक्रवारसम्म एक हजार तीन सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये एक हजार दुई सय ४० जना डिस्चार्ज भइसकेका छन् । हाल जिल्लामा संक्रिय संक्रमितको संख्या एक सय १६ जना छ ।

यता जिल्ला प्रशासन कार्यालय दैलेखले शनिवारसम्म जिल्लाका सम्पूर्ण सरकारी कार्यालय, संस्थान, संघ संस्था र बैंक तथा बित्तिय संस्थाहरुको अत्यावश्यक कार्यवाहेक सम्पूर्ण सार्वजनिक सेवा प्रवाह बन्द गर्न निर्देशन दिएको छ । कर्मचारीहरुमा समेत संक्रमण पुष्टि हुन थालेपछि समुदायस्तरसम्म संक्रमण फैलिनबाट रोक्न सार्वजनिक सेवा बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । दैलेखका नागरिक समाजले भने समुदायस्तरमा परीक्षणको दायरा बढाउन माग गरेका छन् । 

सवारी साधनमा झन बढी लापरबाही

दैलेखबाट सञ्चालन हुने छोटो तथा लामो दुरीका सवारी साधनमा झन् बढी लापरबाही भइरहेको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै फेस सिल्डको प्रयोग अनिवार्य गरेको छ । 

विभागले कोभिड–१९ को संक्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो व्यवस्था गरेको हो । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिका तथा मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने व्यवस्था विभागले गरेको छ ।

तर, दैलेखबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनमा कुनैपनि मापदण्ड लागु हुन सकेको छैन् । सवारी साधानमा सुरक्षा मापदण्डहरुको पालना भए नभएको बारे अनुगमन समेत हुन सकेको छैन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.