ठाँटीमा भेटियो शव
स्याङजा : पुतलीबजार नगरपालिका- १३ स्थित कुलबाँध बगैंचा नजिक रहेको सार्वजनिक ठाटीमा अन्दाजी ४० देखि ४५ वर्ष उमेरका एकबहादुर तामाङ् शुक्रबार दिउँसो मृत भेटिएका छन्।
आँधीखोला किनारमा बिगत ५/६ देखि ढुंगा, गिटी, बालुवाको काम गर्दे आएको भए पनि उनी को हुन र कहाँ का हुन भन्ने बारेमा पहिचान खुल्न नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
शवपोष्ट मार्टमको लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको र मृतकको सनाखत हुन नसकेको जनाइएको छ।
‘पातलो शरीर, हल्का तालु खुइलिएको, उचाई ५ फिट २ इन्च, वर्ण गहुँगोरो, सेतो निलो धर्के ट्रयाक लगाएको’ प्रहरी प्रवक्ता समेत रहेका अधिकारीले जानकारी गराए।