दार्चुलामा पूर्व असईको हत्या, फरार रहेका हत्या आरोपी पक्राउ
![दार्चुलामा पूर्व असईको हत्या, फरार रहेका हत्या आरोपी पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_SttKcs6kql.jpg)
दार्चुला : दार्चुलाको लेकम गाउँपालिकामा पूर्व असईको हत्या भएको छ। लेकम गाउँपालिका -४ टकना बस्ने वर्ष ४८ का पूर्व प्रहरी सहायक निरीक्षक तेजबहादुर पालको शनिबार राती हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले बताए। उनले भने, 'घर भन्दा करिब ५/६ सय मिटर टाढा पालको शव फेला परेको थियो। प्रहरीको टोली घटनास्थलमा पुगेर अनुसन्धान गर्दा हत्या भएको खुलासा भएको हो।'
सुरुमा रिठाचौपताबाट प्रहरी नायब निरीक्षक लोकेन्द्र पुजारा नेतृत्वको टोली र त्यस पश्चात् इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र सिंह साउँदको नेतृत्वमा प्रहरी टोली घट्ना स्थलमा पुगेको थियो।
पूर्व प्रहरी सहायक निरीक्षक पालको टाउकोमा लठ्ठीले प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पदम बहादुर बिष्टले बताए। फरार रहेका हत्या आरोपी पनि पक्राउ गरिएको छ।
प्रहरी चौकी सेरा बैतडीको सहकार्यमा फरार रहेका सोही ठाउँका अन्दाजी ३०/३२ वर्षीय रमेश पाल पक्राउ परेका छन्। हत्या गरी फरार रहेका उनलाई आइतबार बिहान करिब साढे ७ बजेतिर पक्राउ गरिएको बिष्टले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)