स्याङ्जाका थप ६ जनामा कोरोना संक्रमण
स्याङ्जा : स्याङजामा आइतबार दिउँसोसम्म थप ६ जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार यहाँका पुतलीबजार, वालिङ् र एक ठेगाना नखुलेकागरी ६ जनामा कोरोना पुष्टि दखिएको हो।
संक्रमण देखिनेमा पुतलीबजारका ५३ वर्षीय पुरुष र ४६ वर्षीया महिला, वालिङा ३२ वर्षीय पुरुष र ४० र २७ वर्षीया महिला र ५८ वर्षीय ठेगाना नखुलेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
संक्रमण पुष्टि हुनेहरु कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका बताइएको छ। संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। यो सँगै स्याङजामा संक्रमितको संख्या ५ सय ३० पुगेको छ भने ४ सय २२ जना निको भएर घर फर्केका छन भने ६ जनाको कोरोनाका कारण निधन भएको छ।