घुससहित दुई प्रहरी पक्राउ

घुससहित दुई प्रहरी पक्राउ

राजविराज : नेपाल–भारत सीमामा रहेको राजविराज भन्सार कार्यालयका प्रहरी नायब निरीक्षक (सइ) सिकिन्दर कामेत र प्रहरी जवान रामेश्वर मण्डललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले ५० हजार रुपैयाँ घुस रकमसहित आइतबार पक्राउ गरेको छ ।

भारतबाट नेपालमा अवैधरूपमा समान ओसार्न प्रयोग भएको मोटरसाइकल कागज मिलाएर छाडि दिने भनेर घुस लिएको अवस्थामा उनीहरुलाई रङ्गेहात पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ ।

सइ कामेतले सेवाग्राहीबाट ५० हजार रकम लिएर कार्यालयको सिढी मुनी राखेको र प्रहरी जवान यादवलाई घुसवापत लिएको सो रकम नजिकैको किराना पसलमा लगेर राख्न लगाएको टोलीले जनाएको छ ।

प्रक्रिया मिलाएर लेखि सिध्याएको कागज आयोगको टोली प्रवेश गर्नासाथ मिल्काएको अवस्थामा टोलीले बरामद गरेको छ । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि सुनसरीको इटहरीस्थित कार्यालय लगिने जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले स्टिंग अपरेशनको सहजिकरणका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक नेतृत्वको टोली तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित राजविराज भन्सार कार्यालय पुगेको र अख्तियारको इटहरी टोलीबाट कारवाही भइरहेको बताए । 

दुई साता अगाडि खाद्यान्न समानसहित बरामद मोटरसाइकल छाडन सेवाग्राहीसँग पटक–पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा सेवाग्राहीबाट लिएको ५० हजारसहित पक्राउ गरिएको आयोगको इटहरी कार्यालयले जनाएको छ ।

'स्टिंग अपरशेन' मा सइ र उनको मतियारमा प्रहरी जवान पक्राउ परेको तथा कागजी प्रक्रिया सम्पन्न गरी इटहरी ल्याउन लागिएको आयोगको इटहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले बताए । आयोगले दुवै अभियुक्तलाई आफ्नै हिरासतमा राखेर अनुसन्धान गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.