नालीभित्र पुरुषको शव फेला
![नालीभित्र पुरुषको शव फेला](https://annapurnapost.prixacdn.net/media/albums/Death-body_20180930062535_IxXSqUfksl.jpg)
दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका ९ शिवपुरी धाम जग्वाचौर नजिक गोकुलेश्वरमा पानीको नालीभित्र एक पुरुषको शव फेला परेको छ । इप्रका गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्रसिह साउँद नेतृत्वको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भास्कर चन्दले बताए ।
उनले भने,'उक्त शव डिलाशैनी गाउँपालिकाको गन्ना घर भएका गोबिन्द घरेडीको हो । शवको छेउमा खसेको मोबाइलबाट सम्पर्क गर्दा उक्त शव गोबिन्द घरेडीको भएको पत्ता लागेको हो ।'घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)