नवलपुरका ३ पालिका प्रमुखमा कोरोना संक्रमण

नवलपुरका ३ पालिका प्रमुखमा कोरोना संक्रमण

नवलपुर : पूर्वी नवलपरासी (नवलपुर) का ३ जना पालिका प्रमुख कोरोना संक्रमित भएका छन्। संक्रमित हुनेमा गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर राना र हुप्सेकोट गाउँपालिकाकी प्रमुख लक्ष्मी पाण्डे छन्। 

होम आइसोलेसनमा रहेका उनीहरु सबैको अवस्था सामान्य छ। जिल्लामा कुल संक्रमितको संख्या १७ सय ४३ पुगेको छ। ४ सय ४८ जना संक्रिय संक्रमित रहेका छन्। संक्रिय संक्रमितमध्ये १८ जना संस्थागत आइसोलेसनमा छन्। 

बाँकी सबै होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन डिल्ली तिवारीले जानकारी दिए। संक्रमणका कारण अहिलेसम्म २२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.