विमानस्थल पुग्ने सडकखण्डको कालोपत्रे सकियो

विमानस्थल पुग्ने सडकखण्डको कालोपत्रे सकियो

भोजपुर : वर्षातका कारण लामो समय रोकिएको भोजपुर सदरमुकामदेखि टक्सार विमानस्थलसम्मको सडकखण्डको कालोपत्रे काम सम्पन्न भएको छ । ५ किलोमिटर दुरीको उक्त सडकखण्डको कालोपत्रे कामले गती पाएपछि तोकिएको समयअघि नै काम सम्पन्न भएको हो ।

सडक कालोपत्रेसँगै जिल्लाबासीमा उत्साह छाएको छ । विगतमा जिल्ला अस्पताल तथा ग्रामीण भेगबाट विमानस्थलसम्म विरामी ओसारपसार गर्न समस्या हुन्थ्यो । कालोपत्रेपछि सडक नियमित सञ्चालनमा आएपछि जिल्लाबासी हर्षित छन् ।

कालोपत्रे निमार्णपछि यो समस्या कम हुने स्थानीयबासिन्दा सुनाउँछन् । उक्त टक्सार विमानस्थलसम्मको कालोपत्रे बनेपछि दैनिक रुपमा आवतजावत गर्ने यातायातका साधन र सर्वसाधरण यात्रुलाई सहज पुग्ने स्थानीय विमल रणपहेँलीले बताए । उनले भने, ‘कालोपत्रे भएपछि विरामी, यात्रु ओसारपसार गर्न सहज भएको छ, विगतमा जस्तो सास्ती हटेको छ।'

हिउँद वर्षातमा सवारीसाधन चल्ने भएपछि आपतकालिन स्थितीमा पनि भनेकै समयमा हवाई उडान गर्ने यात्रुलाई सहज भएको उनले बताए । प्रदेश सरकारको महत्वपूर्ण योजना भएकाले कालोपत्रेको गुणस्तरमा ध्यान दिइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । प्रदेश १ सरकारको १६ करोड ९२ लाख लगानीमा बनेको उक्त कालोपत्रेको मोटाई ४ सेन्टिमिटर छ । 
जिल्लामै पहिलो आसफल्ट प्रविधीबाट गरिएको कालोपत्रे गुणस्तरीय भएको दाबी ईन्जिनियर अमृत कुमार दाहालको दाबी छ । ‘यो जिल्लाका लागि उच्च गुणस्तरको नयाँ प्रविधिको कालोपत्रे हो, प्रदेश सरकारको महत्वपूर्ण योजना भएकाले कालोपत्रे कामलाई गुणस्तरीय बनाउन हामी लागी पर्‍यौँ,' उनले भने ।

विभिन्न समयमा कालोपत्रे कामको अनुगमन पनि गरिएको थियो । मापदण्ड अनुसारकै गुणस्तरीयता पाईएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । प्रजिअ पुरीले भने, ‘यो जिल्लाको एउटा नमुना र गौरवशाली सडक योजना हो, निर्माणका क्रममा आउने विभिन्न समस्याको समाधानदेखि अनुगमनको पाटोमा हामीले निगरानी दिए छौँ।'

मौसममा सुधार आएकाले पनि निर्माण कार्य तोकिएको समय अगावै सम्पन्न भएको ठेकेदार कम्पनी रायमाझी जगदम्बा मार्सेली निर्माण सेवाले जनाएको छ । कात्तिक तेश्रो हप्ताभित्र सम्पन्न गर्नेगरि थालिएको काममा कुनै वाधाअवरोध नआएपछि कामले गति पाएको कम्पनीका सञ्चालक श्याम श्रेष्ठले बताए ।
 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.