सह-सचिव र उपसचिवको दरखास्त लिने कार्य स्थगित
काठमाडौं : लोकसेवा आयोगले रा.प्र. प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव) तथा तह ११ र तह ९ का वढुवा, आ.प्र. तथा खुला सम्पूर्ण विज्ञापनमा दरखास्त लिने कार्य स्थगन गरेको छ ।
सर्वोच्च अदालतबाट मंगलबार आयोगका नाममा जारी गरेका तीन वटा अल्पकालीन आदेशसँगै आयोगले राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी (प्राविधिक र अप्राविधिक) तथा स्वास्थ्य सेवाका एघारौँ र नवौँ तहका बढुवा सूचना एवं आन्तरिक प्रतिस्पर्धा तथा खुल्ला सम्पूर्ण विज्ञापनहरूका लागि दरखास्त लिने कार्य स्थगन गरेको हो ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सेवीद्वारा जारी सूचनामा अर्को सूचना प्रकाशन नभएसम्मका लागि आयोगले दरखास्त स्थगन गरेको जनाइएको छ।
सामान्य प्रशासन मन्त्रालयले पद लुकाएर माग पठाएको भन्दै वरिष्ठ उपसचिव र अधिकृतहरुले छुट्टा छुट्टै सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।
यससँगै सर्वोच्च अदालतले लोकसेवा आयोगसमेतका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।