भोजपुरमा कोभिड–१९ अस्थायी अस्पताल संचालनमा

भोजपुरमा कोभिड–१९ अस्थायी अस्पताल संचालनमा

भोजपुर : बढ्दो कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई ध्यानमा राख्दै जिल्लामै पहिलो कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको छ । आवश्यक सुविधासहित पौवादुङमा गाउँपालिकाले गाउँपालिकाको  ४, वास्तिमको मानेडाँडामा अस्पताल सञ्चालनमा ल्याएको हो ।

सम्भावित कोरोना संक्रमित बिरामीको उपचार गराउन गाउँपालिकाले केन्द्र सरकारको १० लाख रकमबाट ५ शैयाको उक्त अस्पताल निर्माण गरेको जनाएको छ । नौ स्थानीय तहमध्ये पहिलो कोभिड–१९ अस्पताल बनाएको गाउँपालिकाले संक्रमितको सम्पूर्ण उपचार र आवश्यक स्वास्थ्य सुविधाहरु उपलब्ध गर्ने गाउँपालिका अध्यक्ष किरण राईले बताए । 

'यो महामारीमा नागरिक र समुदायलाई कोरोना संक्रमणबाट बचाउने र संक्रमण भइहाले त्यसको न्यूनिकरण गर्नेु हाम्रो पहिलो दायित्व हो, त्यसैले भविष्यमा सम्भावित कोरोना भाइरसका बिरामीको उपचारका लागि हामीले केन्द्रलाई पहल गरेर केन्द्र सरकारकै मापदण्ड अनुसार यो अस्पताल बनाएका हौँ,’ अध्यक्ष राईले भने ।

संक्रमणको जोखिम कम र उपचारका लागि बाहिर लानुपर्ने झण्झट कम हुने भन्दै आफ्नै ठाउँमा उपयुक्त स्वास्थ्य सेवा पाउने भएपछि गाउँपालिकाबासी हर्षित छन् । स्थानीय विष्णु भट्टराई भन्छन्, 'गाउँपालिकाले कोरोनाको उपचारका लागि छुटै अस्पताल निर्माण गरेपछि भविष्यमा सहज हुने भयो, हामीलाई स्वास्थ्य सेवा लिन अनेक झण्झट र सास्ती खेप्नुपर्ने कम हुने भएको छ।'

केन्द्र सरकारको निर्देशन र मापदण्ड अनुसार नै कोभिड–१९ अस्पताल निर्माण गरिएको गाउँपालिकाको दाबी छ । अस्पतालले कोभिडका विरामीसँगै गर्भवती महिला, बालबालिका, बृद्धाबृद्धालाई समेत स्वास्थ्य सेवा प्रवाह गर्ने गाउँपालिका उपाध्यक्ष सम्झना राईले बताइन । भनिन्, 'लामो लकडाउनका विच सुत्केरी, गर्भवती र बृद्धबृद्धालाई स्वास्थ्योपचारका लागि घण्टौ लगाएर अस्पताल धाउनुपर्ने बाध्यता कम गरेको छ, कोरोना संक्रमित नआउञ्जेल यसैबाट अन्य स्वास्थ्य सेवा प्रवाह हुनेछ।'

लकडाउन अवधिमा अस्पताल भवन अभावले गाउँगाउँमै स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य शिविर, महिला तथा बालबालिकाको खोपहरु सञ्चालन गरेको उपाध्यक्ष राईले बताइन् ।उक्त कोभिड–१९ अस्पतालबाट स्थानीयले भिडियो एक्सरे, रगत जाँच, ल्याब लगाएत जिल्ला अस्पतालबाट पाउने सम्पूर्ण सुविधा पाउने बताइएको छ । सबै शैयामा अक्सिजन पनि व्यवस्था मिलाइएको अस्पतालका डाक्टर कैलाश विश्वकर्माले बताए । अस्पतालमा मेडिकल अफिसरसहितको टोलीले स्थानीयलाई सेवा प्रदान गर्ने उनले बताए । 

यसअघि भोजपुरमा २५ संक्रमित सबै सकुशल निको भइ घर फर्किसकेको जिल्ला प्रशासनको तथ्याङ्क छ । लकडाउन खुकुलो भएसंगै संक्रमणको जोखिम भने झन बढेर गएको प्रशासनले बताएको छ । 

यसैबीच गाउँपालिकास्तरबाटै अस्पताल निर्माणको कामले सम्भावित कोभिडका विरामीलाई उपचारमा थप सहज पुग्ने प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी बताउँछन् । विगतमा अस्पतालमा अक्सिजनलगायत आवश्यक सुविधा नहुँदा कोभिडका बिरामीको उपचारमा समस्या हुने गरेको र अब उक्त समस्या समाधानमा अस्पतालले धेरै सहजता प्रदान गर्ने प्रजिअ पुरीको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.