कञ्चनरुपमा २४ घण्टे आकस्मिक सेवा

कञ्चनरुपमा २४ घण्टे आकस्मिक सेवा

राजविराज : एक साताअघि कोभिड अस्पताल सञ्चालनमा ल्याएको सप्तरीको कञ्चनरुप नगरपालिकामा बुधबारदेखि २४ घण्टे आकस्मिक स्वास्थ्य सेवा सुरु भएको छ।  कञ्चनरुप नगरपालिका-८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै २४ सै घण्टाका लागि आकस्मिक सेवा सुरु गरिएको हो।

प्राथमिक स्वास्थ्य केन्द्रमा बुधबार एक कार्यक्रमका बीच नगर प्रमुख बसन्तकुमार मिश्रले सो सेवाको औपचारिक रूपमा उद्घाटन गरे। सेवाको उद्घाटन गर्दै नगर प्रमुख मिश्रले विरामी पर्ने समयको सीमा अवधि नभएकाले आकस्मिक सेवालाई २४ घण्टे बनाइएको बताए।

थप दुई वटा एम्बुलेन्सका लागि रकम समेत बुझाइ सकिएको जानकारी दिदै मिश्रले आगामी दिनमा ट्रमा सेन्टर, शल्यक्रियाद्वारा सुत्केरी र सर्पदंश सेवा विस्तार गर्ने लक्ष्य लिइएको बताए। स्वास्थ्य क्षेत्रका लागि संघीय र प्रदेश सरकारको मुख ताक्नु नपर्ने भन्दै नगर प्रमुख मिश्रले प्राथमिक स्वास्थ्य केन्द्रलाई आर्थिक अभाव हुन नदिने प्रतिबद्धता गरे। 

नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापनका लागि वर्षेनी ५० लाख रकम विनियोजन गर्ने गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले बताए। खडकाका अनुसार स्वास्थ्य उपचारका लागि कञ्चनरुपसहित आसपासको सप्तकोशी नगरपालिका, अग्नीसाइर कृष्णसवरन, तिरहुत र महादेवा गाउँपालिकाबाट समेत बिरामीहरु आउने गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीहरुले अब जुनसुकै समयमा पनि उपचार गर्न पाउने जानकारी दिए। 

स्वास्थ्य केन्द्रका इन्चार्ज डा. झाले हाल केन्द्रमा रहेका दुई जना एमबिबिएस डाक्टर, १/१ जना डेन्टल सर्जन र रेडियोग्राफर, दुई जना स्टाफ नर्स, सात जना हेल्थ असिस्टेण्ट, २÷२ जना सिअहेव र अहेव, चार जना अनमी तथा १/१ जना ल्याब टेक्निसियन र ल्याब असिस्टेण्टले बिरामीलाई दिन रात २४ सै घण्टा सेवा दिने बताए। यसअघि २४ घण्टे आकस्मिक सेवा नहुँदा रातिको समयमा आउने बिरामीहरुलाई अन्यत्रै पठाउने गरेको भएपनि अब भने २४ सै घण्टा सेवा उपलब्ध रहेको उनले बताए। 

अहिले केन्द्रमा ओपिडी, आँखा, कान, दाँत, रेविज, जटिलतायुक्त प्रसुती सेवा, आमा सुरक्षा कार्यक्रम, किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा, कुष्ट रोग, क्षयरोग निदान सेवा, पोषण (ओटिपी सेन्टर), विस्तारित ल्याब सेवा रहेको र अब विस्तारै अन्य सेवा सुबिधाहरु पनि थपिदै जाने सिअहेब अधिकृत डम्बर गुप्ताले बताए। सरकारी अस्पताल भनेर टाढावाट आउने बिरामीहरुलाई सहज र सरल तरिकाले सेवा दिने तर्फ आफूहरुले ब्यबस्थापन सुधार गर्दै गइरहेको उनको भनाइ छ।

सरकारको नीतिअनुसार हरेक स्थानीय तहमा एक अस्पताल हुनुपर्ने अवधारणाअनुसार सो केन्द्रलाई नै स्तरोन्नती गर्न लागिएको नगर प्रमुख मिश्रको भनाइ छ। 

प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष एवम् कञ्चनरूप नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपाका बच्चुलाल चौधरी, सजपाका रामदेव मण्डल, इलाका प्रहरी कार्यालय कञ्चनरूपका डिएसपी नरेशकुमार सिंह, स्वाथ्य कार्यालय सप्तरीका धिरेन्द्रप्रसाद साह, स्वास्थ्य शाखाका प्रमुख रामसेवक यादव, कञ्चनरूप नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जिबरिल मियाँलगायतकाले शुभकामना मन्तव्य दिनु भयो।
    
अस्पतालको स्तरोन्नतीका लागि नगरपालिकाले बिएमएलटी, फार्मेसी, अनमी र ल्याब असिस्टेण्टका लागि विज्ञापन समेत गरिसकेको सिअहेव अधिकृत गुप्ताले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.