ताप्लेजुङको मिक्वाखोलामा लागलागीबाट घर जल्यो, तीन घाइते

ताप्लेजुङको मिक्वाखोलामा लागलागीबाट घर जल्यो, तीन घाइते

ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवा थलङमा आगलागी हुँदा तीन जना घाइते भएका छन्। 

बुधबार दिउँसो स्थानीय रणध्वज थलङको घरमा आगलागी हुँदा थलङकी दुई छोरी र श्रीमती घाइते भएका हुन्। श्रीमती ३५ वर्षीया मिना, छोरीहरु १४ वर्षीया मञ्जु र ९ वर्षिया प्रिति थलङ घाइते भएका हुन्। 

घाइतेमध्ये छोरी मञ्जु र प्रितीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइदै छ भने आमा मिनाको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको छ। 

आगलागीबाट थलङको दुई तले घर पनि पूर्ण रुपमा जलेको थलङ प्रहरी चौकीका प्रमुख धनबहादुर राईले बताए। छोरीले पेट्रोल चुह्लोमा हालेर आगो बाल्ने क्रममा अचानक आगलागी भएको उनले बताए।

आगोले प्रितिको दाहिने हातको पाखुरा, बाँया हातको पाखुरा, कुइना, ढाडमा र खुट्टामा तथा मञ्जुको दाहिने हातमा पोलेको र आमाको दाहिने हातमा सामान्य पोलेको  छ। आगो स्थानियवासी, जनप्रतिनिधि र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको स्थानीय बिके थलङले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.