एकैदिन १ सय ११ जना फरार प्रतिवादी पक्राउ

एकैदिन १ सय ११ जना फरार प्रतिवादी पक्राउ

स्याङ्जा : प्रहरी कार्यालय स्याङजाले एकै दिन बुधबार १ सय ११ जना फरार प्रतिवादी पक्राउ गरेको छ। जिल्लामा रहेका वडा, ईलाका, प्रहरी चौकी र जिल्ला कार्यालयका विभिन्न यूनीट मार्फत फरार प्रतिवादी पक्राउ गरेको हो।

विभिन्न मुद्धामा संलग्न भइ फरार सूचिका आरोपितलाई पक्राउ गरी अदालतमा बुझाइएको हो। कर्तव्य ज्यान, जवरजस्ती करणी, मानव बेचबिखन, लागुऔषध, हातहतियार खरखजना, सवारी ज्यान, बहुबिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लगायतका मुद्धामा आरोपित भइ लुकिछिपी बसेका हुन्। पक्राउ पर्नेमा ९७ पुरुष सहित १४ जना महिला रहेका र उनीहरुलाई अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। 

पक्राउ परेका मध्ये एक सय ५ जना जरिवाना तिरेर छुटेका छन् भने ६ जना प्रहरी नियन्त्रणमा छन्। उनीहरुलाई बिहीबार अदालतमा पेश गरिने र अदालतको आदेश बमोजिम कानूनी कारवाही अघि बढाइने भएको प्रहरी प्रवक्ता समेत रहेका अधिकारीले बताए। उनीहरु कर्तव्य ज्यान, हातहतीयार र जवरजस्ती करणी सम्बन्धी मुद्धाका आरोपित हुन्। 

प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई स्याङ्जामा तीव्र पारेको छ। लामो समयदेखि विभिन्न मुद्धामा आरोपित २ सय १९ जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा बुझाइ कानूनी कारवाही गरिसकेको प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी गराए। जिल्ला प्रहरी प्रमुख समेत रहेको वोगटीले भने, ‘अपराध मुक्त समाज हाम्रो अभियान हो, यस कार्यमा निरन्तर लागिरहनेछौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.