तीन दिनदेखि हराइरहेका दाजुभाइको शव भेटियो

तीन दिनदेखि हराइरहेका दाजुभाइको शव भेटियो

नवलपुर : तीन दिनदेखि हराइरहेका दुई दाजुभाइ मृत अवस्थामा फेला परेका छन्। पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–२ का २६ वर्षीय बिजय बाबु पौडेल र २१ वर्षीय संगम पौडेल कात्तिक १७ गतेदेखि हराएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास गरेको थियो। 

त्यस क्रममा बुधबार साँझ उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिशाल तामाङले जानकारी दिए। मृतक एक जनाको शव गैंडाकोटस्थित जयश्री खोलाको बाँध नजिक तैरिएको अवस्थामा र अर्काको पानीमा डुबेको अवस्थामा फेला परेको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.