कोरोना संक्रमणबाट सप्तरीमा थप एक पुरुषको मृत्यु
राजविराज : सप्तरीमा बिहीबार थप एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिहान बिष्णपुर गाउँपालिका–२ की २६ वर्षीया महिलाको मृत्यु भएकोमा पुनः एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
राजविराज नगरपालिका–८ का ६५ वर्षीय पुरुषको सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । गत शनिबार कोभिड पुष्टि भएका उनलाई सोही दिन कोभिड अस्पताल भर्ना गरिएको थियो ।
दुबैजना मृतकको शवलाई नियम अनुसार व्यवस्थानको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।