नक्कली जग्गाधनी पक्राउ

नक्कली जग्गाधनी पक्राउ

परासी : नक्कली लालपुर्जा बनाएर जग्गा रोक्का गर्न आएका एक व्यक्ति पश्चिम नवलपरासीको परासीस्थित मालपोत कार्यालयबाट पक्राउ परेका छन्।  काठमाडौं महानगरपालिका–७ का मनोजकुमार श्रेष्ठलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ। उनीसँगै आएका एनआईटी बहुउद्देश्यीय सहकारी संस्था सामाखुसी काठमाडौंका सहकारी प्रतिनिधि शुभराज पौडेललाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो। 

अनुसन्धानका क्रममा सहकारी नै पीडित देखिएकाले पौडेललाई छाडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामाले बताए।  नक्कली जग्गाधनी श्रेष्ठले साविक स्वाठी गाविस–६ (हाल सुनवल नगरपालिका) को ६ ‘क’ कित्ता नं. ४३० को ८ कट्ठा १५ धुर र कित्ता नं. ११७ को २ कट्ठा ९ धुर गरी कुल ११ कट्ठा ४ धुर जग्गाको नक्कली लालपुर्जा बनाएर ठगी गर्ने प्रयास गरेका थिए। उक्त जग्गा स्वाठीका शेखहरि सुवेदी र चेतराम गैरेको नाउँको रहेको मालपोत कार्यालय प्रमुख बेलप्रसाद भण्डारीले बताए।

लालपुर्जामा रहेको कार्यालयको छाप कालो हुनुपर्नेमा नीलो देखेपछि लेखापढी व्यवसायीले शंकास्पद भन्दै कर्मचारीलाई खबर गरेका थिए। सोही क्रममा कर्मचारीले दस्तखत परीक्षण गर्दा तत्कालीन कार्यालय प्रमुख र फाँटवालाको दस्तखतसमेत नक्कली पाइएपछि पक्राउ गरेर प्रहरीलाई बुझाइएको कार्यालय प्रमुख भण्डारीले बताए। 

सहकारीको धितो बन्धक पत्रको रोक्का सिफारिसबाहेक लालपुर्जा, चौकिल्ला प्रमाणितलगायतका सबै कागजपत्र नक्कली बनाइएको थियो। नक्कली जग्गाधनी सहकारीबाट ३५ लाख ऋण माग गर्दै जग्गा रोक्का गर्न पुगेका थिए। सहकारीलाई ठग्ने उद्देश्यले श्रेष्ठले नक्कली कागजपत्र बनाएर जग्गा रोक्का गर्न आएको देखिएको छ। 

कर्मचारीहरूले सहकारी प्रतिनिधिसँग जिल्लाबाहिर कार्यक्षेत्रको कागजपत्र माग गरेपछि सहकारी प्रतिनिधिले पाल्पा र रुपन्देहीबाट रोक्का गर्दा कार्यक्षेत्रको कागजपत्र नमागेको भन्दै काम गर्न दबाब दिएको कार्यालय प्रमुख भण्डारीले बताए। सहकारीका अध्यक्ष ठाकुर देवकोटाले नक्कली जग्गाधनी बनेका श्रेष्ठले ऋण मागेकाले आफूले जग्गा रोक्का राख्न प्रतिनिधि पठाएको बताए। ‘हामीले जग्गा रोक्का नभई ऋण दिने कुरा भएन, त्यसैले प्रतिनिधि पठाएका हौं’, उनले भने। 

पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जिल्लामा यसअघि नक्कली कागजपत्र बनाएर जग्गा पास गरेको आरोपमा मालपोत कार्यालयका ३ कर्मचारी कारागारमा छन्। अन्य ५ सहित ११ जनालाई अख्तियारले निलम्बन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.