भक्तपुरका ८८ प्रतिशत संक्रमित होम आइसोलेसनमा : ७८ संक्रमितको मृत्यु

भक्तपुरका ८८ प्रतिशत संक्रमित होम आइसोलेसनमा : ७८ संक्रमितको मृत्यु

भक्तपुर : भक्तपुरका ८८ प्रतिशत कोरोना भाइरस संक्रमित होम आइसोलेसनमा रहेका छन्। यहाँ एकहजार ३ सय ५६ सक्रिय संक्रमितमध्ये ८८ प्रतिशत अर्थात एक हजार २ सय २ जना होम आइसोलेसनमा बसेको हुन्।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार यहाँका ६ सय ६९ पुरुष र ५ सय ३३ महिला गरी एकहजार ३ सय ५६ जना होम आइसोलेसनमा रहेका छन्। कार्यालयका प्रमुख कृष्ण मिजारले भक्तपुरका ८५ पुरुष र ६९ महिला गरी एकसय ५४ जना सक्रिय संक्रमितमात्रै अस्पताल तथा नगरपालिकाहरुले सञ्चालन गरेको आइसोलेसनमा रहेको जानकारी दिए।

डिस्चार्ज हुने बढे

उनका अनुसार पछिल्लो समय भक्तपुरमा कोरोना भाइरस संक्रमण निको हुने संख्यामा उल्लेख सुधार भएको छ। अघिल्लो सातासम्म ६० प्रतिशत नपुगेको डिस्चार्ज हुनेको संख्या शुक्रबारसम्म ७८.४० प्रतिशत संक्रमित डिस्चार्ज भएको प्रमुख मिजारले बताए।

उनका अनुसार २ हजार ७ सय ८८ पुरुष र २ हजार एकसय ३५ महिला गरी ४ हजार ९ सय २३ जना व्यक्ति संक्रमण निको भएको डिस्चार्ज भएका हुन्।

७८ संक्रमितको मृत्यु
भक्तपुरका कोरोना भाइरस संक्रमणका कारण ७८ जनाको मृत्यु भइसकेको छ। जसमा ५४ पुरुष र २४ महिला रहेका छन्।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी भक्तपुर नपाका संक्रमितहरुको मृत्यु भएको छ। यहाँका २२ पुरुष र १३ महिला गरी ३५ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ।

भक्तपुरपछि मध्यपुर थिमि नपाका १८ पुरुष र ६ जना महिला गरी २४ जना संक्रमितको मृत्यु भएको छ। त्यस्तै सूर्यविनायक नपाका १० पुरुष र ५ महिला गरी १५ जना तथा चाँगुनारायण नपाका ४ पुरुषको संक्रमणको कारण मृत्यु भएको छ।

संक्रमितको संख्या ६ हजार ४ सय ८२

शुक्रबार एकसय २५ जना नयाँ थपिएसँगै भक्तपुरमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ४ सय ८२ पुगेको छ। जसमा पुरुष ३ हजार ६ सय ५४ र महिला २ हजार ८ सय २८ महिला संक्रमित रहेका छन्।

शुक्रबार सबैभन्दा बढी मध्यपुर थिमि नपामा २७ पुरुष र ४३ महिला गरी ७० जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख मिजारले सूर्यविनायक नपामा १६ पुरुष र १५ महिला गरी ३१ जना, भक्तपुर नपामा ५ पुरुष र ३ महिला गरी ८ जना तथा चाँगुनारायण नपामा ३–३ महिला र पुरुष गरी ६ जना नयाँ संक्रमित थपिएको बताए।

शुक्रबार संक्रमण पुष्टि भएका ७ पुरुष र एक महिला गरी ८ जना सम्पर्कविहीन भएको उनको भनाइ छ।

मध्यपुर थिमि नपामा सर्वाधिक संक्रमित
भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी संक्रमित मध्यपुर थिमि नपामा रहेका छन्। स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार शुक्रबारसम्म यहाँ संक्रमितको संख्या २ हजार ३ सय ७५ पुगेको छ। जसमा पुरुष एकहजार ३ सय २ र महिला एकहजार ७३ जना रहेका छन्।

मध्यपुर थिमिपछि सूर्यविनायक नपा दोस्रो स्थानमा रहेको छ। यहाँ संक्रमितको संख्या एकहजार ९ सय ३८ पुगेका छन्। जसमा पुरुषको संख्या एकहजार एकसय २५ र महिलाको संख्या ८ सय १३ रहेको छ।

त्यस्तै भक्तपुर नपामा ७ सय ५४ पुरुष र ६ सय ८१ महिला गरी एकहजार ४ सय ३५ तथा चाँगनारायण नपामा ३ सय ६५ पुरुष र २ सय १९ महिला गरी ५ सय ८४ जना संक्रमित पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.