स्याङ्जामा थप १२ जनामा संक्रमण
स्याङ्जा : स्याङ्जामा शुक्रबार साँझसम्म १२ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ। वालिङ र पुतलीबजारमा ३ महिला सहित ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
पीसीआर परीक्षणको क्रममा वालिङका ७ र पुतलीबजारका ५ जनामा कोरोना संक्रमण देखिएको प्रादेशिक कार्यालय पोखराले जनाएको छ। संक्रमण देखिनेमा वालिङका ७०, ४४, ३६, ३५, ३५ वर्षीय पुरुष र २५ र ४६ वर्षीया महिला छन्। पुतलीबजारका २६ वर्षीया महिला सहित ३२, ५२, ६५, ५६ वर्षीय पुरुष रहेका गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जनाए।
योसँगै स्याङ्जामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ। तीमध्ये ८ जनाको मृत्यु भएको छ भने ४ सय ८९ जना निको भएका छन्। विभिन्न आइसोलेसनमा गरी ८३ जना उपचाररत रहेका स्वास्थ्य कार्यालयले जनाएको छ।