झापामा कोरोनाबाट थप दुईजनाको मृत्यु, मृतकको संख्या ६४ पुग्यो

झापामा कोरोनाबाट थप दुईजनाको मृत्यु, मृतकको संख्या ६४ पुग्यो

झापा : झापामा कोरोना भाइरस संक्रमणबाट आइतबार बिहान दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ मा बस्ने पूर्व गाविस सचिव तथा नेपाल जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष हुन्।

दीर्घरोगी समेत रहेका ६२ ती पुरुषले कार्तिक २१ गते मेची प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका लागि स्वाब दिएको वडा नम्बर ५ का वडाअध्यक्ष बन्धु कार्कीले बताए । मृतक पुरुषको रिर्पोट आइतबार बिहान मात्र आएको हो।

उनको दाहसंस्कार कनकाई नदीमा नेपाली सेनाको टोलीले गर्नेछ । त्यसैगरी अर्जुन धारा नगरपालिका ६ की ८१ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण आइतबार बिहान मृत्यु भएको छ । 

रुघा र ज्वोरो बढ्दै गएपछि विराट मेडिकल कलेज विराटनगरमा उपचाररत रहेकी वृद्धाको पीसीआर परीक्षणको रिर्पोट शनिबार पोजिटिभ आएको थियो । उनको पनि नेपाली सेनाको टोलीले नै आइतबारै अन्त्येष्टि गराउने वडाअध्यक्ष लोकनाथ गौतमले जानकारी दिए ।  यो सँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.