मानव सेवा आश्रममा न्यानो लुगा र खाद्यान्न
विराटनगर : मनकारी युवाको समूहले मानवसेवा आश्रममा बस्दै आएकालाई न्यानो लुगा र खाद्यान्न प्रदान गरेका छन्।
विराटनगर १० स्थित रहेको मानवसेवा आश्रममा बसोवास गर्दे आएका ७८ जनालाई न्यानो लुगा र खाद्यान्य प्रदान गरेका हुन्।
कोरोना संक्रमणको बेला काम नपाएर भोकै बस्ने मजदुरलाई निरन्तर दुई छाक खाना खुवाउने अभियान सञ्चालन गर्दे आएका वासिम आलमको नेतृत्वमा रहेको मनकारी युवाहरुले चिसोको बेला न्यानो लुगा वितरण गर्ने अभियान सञ्चालन गरेका हुन्।
दसैं अघि मनकारी युवा विराटनगरका एक सय जनालाई न्यानो लुगा वितरण गरेको थियो ।
उनले चैत्र ११ गते भएको पहिलो लकडाउन नखुल्दासम्म निरन्तर मजुदुरलाई खाना खुवाएका उनीहरुले दोस्रो पटक एक सय २० दिन खाना खुवाएका थिए। जुन अहिले पनि समस्यामा रहेका विपन्नलाई खाना खाने व्यवस्था गर्दे आएका छन् ।
आलमका अनुसार तिहार अघि अझै तीन सय जनालाई न्यानो लुगा वितरण गर्ने योजना बनाएको छ।
दाताबाट लिएर जम्मा गरी प्रयोग गर्न सकिने बनाएर विपन्न, बालश्रम, वृद्धा आश्रममा वितरण गर्ने योजना बनाएको आलमले बताए ।