बाघको आक्रमणबाट बालकको मृत्यु
डडेल्धुरा : डडेल्धुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। आइतबार साँझ जिल्लाको भागेश्वर गाउँपालिका–१ रुपालमा बाघको आक्रमणबाट बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
मृत्यु हुनेमा १२ वर्षीय बालक दिलबहादुर साउद रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता राजेन्द्रबहादुर चन्दले जानकारी दिए। उनका अनुसार बालकलाई घर नजिकै खेलिरहेका बेला बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस !