छात्रालाई साइकल

छात्रालाई साइकल

चितवन : १३ वर्षीया नातिनीले साइकल पाउँदा मीना विकको आँखा रसायो। उनी भावुक बनिन्। गरिबीले साइकल किन्न नसकेको अवस्थामा साइकल नै उपहार पाउँदा मीना ज्यादै खुसी थिइन्। उनकी नातिनी  प्रिती विक गुञ्जनगरको गोब्रेनीबाट करिब पाँच किलोमिटर हिँडेर शारदानगर पुग्छिन्। उनी शारदा माविमा कक्षा ५ मा पढ्छिन्। आर्थिक अवस्था कमजोर भएकै कारणले साइकल किन्ने रहर पूरा हुन सकेको थिएन। विद्यालय जान उनले सोमबार साइकल उपहार पाइन्। 

प्रिती मामाघर बसेर पढ्छिन्। उनी जन्मेपछि मलेसिया गएका उनका बुब्वा सम्पर्कमै छैनन्। सात वर्ष कुरेकी उनकी आमाले अर्को बिहे गरिन्। आर्थिक विपन्नताले साइकल किन्न नसक्दा नरमाइलो मानेकी मीनालाई नातिनीको रहर र आवश्यकता पूरा भएकोमा खुसी लागेको छ। ‘नातिनीको लागि साइकल किन्न पनि सकेका थिएनौं, पैसा नभएपछि किन्दिनु पनि भन्न सकेकी थिइन’ मीनाले भनिन्, ‘अब त स्कुल जान सजिलो हुने भयो, साह्रै खुसी लागेको छ।’ 

झन्डै एक घण्टा हिँडेर विद्यालय जाने गोब्रेनीकी प्रिती विकलाई पढाइ छोड्ने अवस्था आयो।  सधैँ हिँडेर जाँदा कहिलेकाहीँ पढाइ छुट्थ्यो। नातिनीले साइकल पाउँदा उनकी हजुरआमाको आँखा रसायो। भरतपुर महानगरपालिकाले दिएको साइकलमा भेटिएको खुसी बोकेर फर्किए। 

साइकल नहुँदा पढाइ छोड्ने अवस्था आएको थियो। शिक्षामा आकर्षित गर्न छात्रालाई साइकल उपहारको अभियान थालिएको हो। भरतपुर महानगरपालिकाले आर्थिक रूपमा विपन्न विद्यार्थीलाई विद्यालयमा आकर्षित गर्न भरतपुर महानगरपालिकाले ‘जोखिममा परेका महिलासँग मेयर कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण गरेको हो। कतिपय समयमा विद्यालय पुग्न सक्थेनन् भने कतिपयले अतिरिक्त कक्षा लिन पाएका थिएनन्। 

विद्यालय पुग्न तथा चाँडै घर फर्केर पढ्न पाउने हुँदा छात्राको शैक्षिक गुणस्तरमा सुधार हुने गुञ्जनगर माविका प्रधानाध्यापक सूर्यभक्त वाग्लेले बताए। ‘समयमा विद्यालय आउन जान प्रोत्साहन दिएको छ’ उनले भने, ‘ढिलो आउँदा कक्षा छुट्ने समस्या थियो, साइकल भएपछि बिहान बेलुकी अतिरिक्त कक्षा लिन पाएका छौं।’

विद्यालय टाढा भएको झन्झटले कतिपयले विद्यालय छोडेका छन्। पढाइ छाड्ने समस्या बढेपछि विद्यालयमा उनीहरूले निरन्तर दिऊन् भनेर साइकल दिइएको हो। अभिभावकले साइकल किन्न सक्ने अवस्था नभएपछि महानगरले त्यस्ता विद्यार्थीलाई लक्षित गरेर कार्यक्रम अघि सारेको हो।छात्रालाई नियमित विद्यालय आउन उत्पे्ररित गर्न साइकल वितरण योजना ल्याएको महानगर प्रमुख रेनु दाहालले बताइन्।  ‘पढाइ राम्रो तर आर्थिक अवस्थाले, घरायसी समस्याले पढाइ छोड्ने समस्या देखियो’ दाहालले भनिन्, ‘ विद्यालय टिकाउन महानगरले पठनपाठनमा निरन्तरता होस् भनेर यो कार्यक्रम गरेका हौं।’भरतपुर महानगरपालिकाले अहिलेसम्म २ सय ९७साइकल वितरण गरिसकेको छ। १२ वटा वडाका कुल ३ सय ३० जना छात्रालाई साइकल वितरण गर्ने योजना छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.