बढेन किताबको बजार

बढेन किताबको बजार

काठमाडौं : दसैं, तिहार, छठको लामो बिदा कटाउन किनमेलको सूचीमा धेरैको रोजाइ हुन्थ्यो किताब। चाड मनाउन गाउँ जानेको एउटा कोसेली हुन्थ्यो, नयाँ प्रकाशित किताब। दसैंको छेको पारेर केही वर्षयता निरन्तर किताब मेला हुन्थ्यो। पाठकले रोज्जा किताब किन्न पाउँथे। यसले किताब बजारलाई निकै भरथेग गथ्र्यो। तर, यसपालि कोरोना कहरले लकडाउन हुँदा किताब बजारको पनि ढाड सेकियो। 

केही प्रकाशकले पहिले नै तयारी अवस्थामा रहेका केही किताब लकडाउन अवधिमा प्रकाशित गरे। दसैं–तिहारको बेला किताब व्यापार बढ्नुमा मदन पुरस्कार, पद्मश्री पुरस्कारलगायत ठूला पुरस्कार घोषणाको प्रभाव पनि एक रहेको छ। मदन पुरस्कारले उत्कृष्ट सात पुस्तकको सूची प्रकाशन गर्ने गरेको छ। उत्कृष्टको सूचीमा परेपछि ती किताब पाठकको रोजाइमा पर्छन्। तर यस वर्ष दसैं–तिहारमा समेत सोचेअनुसार किताब व्यापार नभएको प्रकाशकहरू बताउँछन्। 

यस वर्ष शिखा बुक्सको प्रकाशन ‘महारानी’ उपन्यास मदन पुरस्कारबाट पुरस्कृत भएको छ। शिखा बुक्सका पुष्पराज पौडेल भन्छन्, ‘मदन पुरस्कारबाट पुरस्कृत भएपछि ‘महारानी’ उपन्यासको बिक्री त बढ्ने नै भयो। यसका लेखक चन्द्रप्रकाश बानियाँको अर्काे कृति ‘भौज्याहा’ पनि राम्रो बिक्री भइरहेको छ।’ 

दसैंताका फाइन प्रिन्ट, बुकहिलदेखि मञ्जरी, सांग्रिलालगायत प्रत्येक प्रकाशन गृहले औसतमा आधा दर्जन नयाँ किताब बजारमा ल्याए। बुकहिल प्रकाशनले दसैंको छेकोमा तीनवटा अनुवाद कृति बजारमा ल्याएको थियो। यसमा खगेन्द्र संग्रौलाको ‘सत्ता र सत्य’, सुजित मैनालीको ‘युगान्त : महाभारतको महामृत्यु’ र गनेस पौडेलको ‘मुसा मानुष’ रहेका छन्। 

त्यस्तै बुकहिलले लकडाउन अवधिमै नारायण ढकालको ‘तमस’, तीर्थबहादुर श्रेष्ठको ‘गैरआख्यान : नेपाल नखुलेका पाटाहरू’, भैरव रिसालको ‘उहिलेको नेपाल’, सौरभको ‘असहमति भाग १’, मल्ल के सुन्दरको उपन्यास ‘विमुक्ति’ प्रकाशन गरेको छ। 

मञ्जरी प्रकाशनले लकडाउन अवधिमा आचार्य चतुर्सेनको अनुवाद ‘वैशालीकी नगरवधू’, लक्ष्मण गाम्नागेको उपन्यास ‘पसिनाको पाइला’, सूर्यविक्रम ज्ञवालीको ‘पृथ्वीनारायण शाह’, शोभा ज्ञवालीको ‘सम्पूर्ण आकाश’, मदनमणि दीक्षितको ‘मेरो देश मेरो संसार’, लक्ष्मण आचार्यको ‘ध्यान र योग’, जनकलाल शर्माको ‘कौतुकमय डोल्पो’ पुस्तक प्रकाशन गरेको छ। मञ्जरी प्रकाशनका कृष्ण अविरल भन्छन्, ‘चकलेटमा कर छुट दिने सरकारले किताबमा ६ ठाउँमा कर लगाएको छ। किताब प्रकाशनको माहोल नै छैन। प्रकाशकहरूको आफ्नो अस्तित्व जोगाउन भए पनि नयाँ किताब प्रकाशन गरिरहेका छन्।’

उता फाइन प्रिन्टले दसैंको छेकोमा असीम सागरको कवितासंग्रह ‘क’, ददि सापकोटाको ‘वनको वैभव’, विजयकुमारको निबन्ध ‘सम्बन्धहरू’, अर्थशास्त्री विश्वम्भर प्याकुरेलको ‘आत्मसंस्मण’लगायत नयाँ किताब ल्यायो। 

त्यसो त नयाँ पुस्तकसँगै पुराना पुस्तक पुन: प्रकाशन पनि प्रकाशकहरूको रोजाइमा परेको छ। थोरै प्रकाशकहरूको रोजाइ कविता प्रकाशन देखिएको छ। बीएन पुस्तक संसारले सात कविका ‘यतै कतै’, राजुबाबु श्रेष्ठको हराएका छोराहरू कवितासंग्रह प्रकाशित गरेको छ। कविताकृतिले पनि बिस्तारै बजार लिने गरेको बीएनका सूर्य बीसी बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.