कति छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति?

कति छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति?
फाइल तस्बिर।
सुन्नुहोस्

नयाँ दिल्ली : प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड भारतीय रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम बैंकमा रहेको मुद्दती निक्षेप हो ।

प्रधानमन्त्री मोदीले १४ मे मा आफ्नो संसदीय सीट वाराणसीबाट आफ्नो चुनावी उम्मेदवारी दर्ता गरेका छन्।

शपथपत्रमा दिइएको जानकारी अनुसार प्रधानमन्त्रीसँग भारु ३ करोड २ लाख ६ हजार ८ सय ८९ को चल सम्पत्ति रहेको छ जसमध्ये करिब २ करोड ८५ लाख रुपैयाँ भारतीय स्टेट बैंकमा मुद्दती निक्षेप रहेको छ ।

यसबाहेक पीएम मोदीसँग चारवटा सुनको औँठी छन् जसको मूल्य २.६७ लाख रुपैयाँ छ । प्रधानमन्त्रीसँग ५२ हजार ९२० नगद र ९ लाख १२ हजार रुपैयाँको राष्ट्रिय बचत प्रमाणपत्र रहेको छ । गत आर्थिक वर्षमा प्रधानमन्त्री मोदीले ३.३३ लाख रुपैयाँ आयकर तिरेका थिए ।

निर्वाचन शपथपत्रको अचल सम्पत्तिको स्तम्भमा कुनै जानकारी दिइएको छैन। सामान्यतया यसमा जग्गा र घरको विवरण दिइएको हुन्छ । जशोदाबेनलाई प्रधानमन्त्री मोदीकी पत्नीको रूपमा वर्णन गरिएको छ। उनीसँग कति सम्पत्ति छ भन्ने जानकारी शपथपत्रमा दिइएको छैन ।

पीएम मोदी विरुद्ध कुनै आपराधिक मुद्दा विचाराधीन छ न त उनी कुनै अपराधमा दोषी ठहरिएका छन्।

प्रधानमन्त्री मोदीलाई अहमदाबादका बासिन्दा भनिएको छ । पीएम मोदीले दिल्ली विश्वविद्यालयबाट १९७८ मा बीए र १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए डिग्री हासिल गरेका थिए।

२०१९ को लोकसभा चुनावमा मोदीले गुजरातको गान्धीनगरमा आवासीय जग्गासहित २.५ करोड रुपैयाँको सम्पत्ति रहेको बताएका थिए। जसमध्ये १.२७ करोड रुपैयाँ मुद्दती निक्षेप थियो ।

त्यस्तै २०१४ लोकसभा चुनावमा उनले कुल सम्पत्ति १.६५ करोड भारु थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.