अर्को वर्षदेखि पर्यटक बढ्छन् : योगेश भट्टराई

अर्को वर्षदेखि पर्यटक बढ्छन् : योगेश भट्टराई

ताप्लेजुङ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२१ को मध्यदेखि नेपालमा पर्यटकको बाढी आउने बताएका छन् । 

संसारभरका पर्यटक नेपाल घुम्न लालयीत रहेकाले कोरोना भाइरसको जोखिम कम हुने बित्तिकै नेपालका पर्यटकीय स्थलहरु भरिभराउ हुने भट्टराईले बताए ।

‘धेरै मुलुकले कोरोनाविरुद्धको खोप निर्माण अन्तिम चरणमा पुर्‍याएको हुँदा अबको कम्तिमा ६ महिनामा कोरोना नियन्त्रणतर्फ जान्छ,’ बिहीबार ताप्लेजुङमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘त्यसपछि खोरबाट भेडाबाख्रा निस्किए जस्तै गरेर पर्यटकहरु घुम्न निस्कन्छन् ।’ 

सरकारले छिमेकी मुलुक चीन र भारतका पर्यटकलाई लक्षित गरेर खभियान सञ्चालन गर्ने मन्त्री भट्टराईको भनाइ छ । त्यस बेलासम्म आन्तरिक पर्यटकहरुलाई देश घुम्म समेत उनले आग्रह गरे । 

‘वार्षिक १५ करोड चिनीयाँ घुम्न निस्कन्छन्, विदेश घुम्ने भारतीयको संख्या पनि धेरै छ, त्यसमध्ये एक–दुई प्रतिशत मात्रै नेपाल ल्याउन सकियो भने पर्याप्त हुन्छ, पर्यटन मन्त्रालय सोही योजनामा काम गरिरहेको छ,’ उनले भने । सन् २०२२ देखि नेपालमा वार्षिक ३० लाख बढी विदेशी पर्यटक आउने उनको दाबी छ । 

कोरोना भाइरसका कारण आफूले सोचेअनुरुप काम गर्न नसकेको समेत उनले बताए । ‘के के न गर्छु भनेर मन्त्री बनेको थिएँ, पर्यटन वर्ष धुमधामसँग सम्पन्न गर्छु भन्ने थियो । कोरोना भाइरसले खत्तम बनायो ।’ 

पछिल्लो एक हप्ताको फरकमा बहराइन र कतारका राजकुमारको टोलीले नेपालका हिमाल आरोहण गरिसकेकाले नेपालको पर्यटन बजारको अन्तर्राष्ट्रियस्तरमा सकरात्मक सन्देश गएको मन्त्री भट्टराईले बताए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.