वालिङका १२ जनामा कोरोना संक्रमण पुष्टि
स्याङ्जा : स्याङ्जाको वालिङ नगरपालिकामा मात्र बिहीबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालिकाका ९ पुरुषसहित ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका नगरपालिकाका २४, २६, २६, २५, ४२, १५, ३५, ३२, ५० वर्षीय पुरुष र १३, १७, ६० वर्षीय महिलामा कोरोना पुष्टि भएको निर्देशक एवम् प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए।
सङ्क्रमित सबैजना कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएको जनाइएको छ। यो सँगै स्याङ्जामा संक्रमितको संख्या ६ सय २४ पुगेको छ। ती मध्ये ४ सय ९७ जना निको भएर घर फर्केका छन् भने १ सय २८ जना सक्रिय संक्रमित छन्। जिल्लामा कोरोनाका कारण १० जनाको मृत्यु भएको छ ।