शहरी विकासमन्त्रीले गरे साइकल लेनको प्रशंसा

शहरी विकासमन्त्रीले गरे साइकल लेनको प्रशंसा

ललितपुर : शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले ललितपुर महानगरपालिकाले भर्खरै निर्माण सम्पन्न गरेको साइकल लेनको प्रशंसा गरेका छन्। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसँगको भेटमा उनले ललितपुरलाई सुन्दर सहर बनाउन महानगरपालिकाले गरेका काममध्ये साइकल लेन महत्वपूर्ण भएको बताए।

उनले भने, ‘ललितपुरमा विकास निर्माणका सिर्जनशील कामहरु भएका छन् , तीमध्ये साइकल लेनको निर्माण एक हो।’ मन्त्री श्रेष्ठले महानगरले अघि सारेका सम्पूर्ण काममा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

महानगरका प्रमुख चिरीबाबु महर्जन मन्त्री श्रेष्ठलाई भेट्न बिहीबार शहरी विकास मन्त्रालय पुगेका थिए। महर्जनले दोस्रो चरण अन्तर्गतको साइकल लेन निर्माणको काम समेत अघि बढेको जानकारी मन्त्री श्रेष्ठलाई गराए। 

भेटघाटका क्रममा नगर प्रमुख महर्जनले महानगरको विभिन्न रुटमा जडान गरिएको स्मार्ट सडक बत्तीले सहरलाई निकै उज्यालो बनाएको बताउँदै चक्रपथ अन्तरगत कोटेश्वरदेखि कलंकी सडकखण्डमा यो बत्ती जडान गर्नुपर्ने आवश्यकता औंल्याए।

बत्ती प्रभावकारी भएको बताउँदै उनले भने, ‘यो बत्ती निकै उज्यालो हुने रहेछ , सियोमा धागो नै हाल्न सकिन्छ, चक्रपथमा जडान गर्नका लागि संघीय सरकारको सहयोग आवश्यक छ।’ नगरप्रमुख महर्जनले काठमाडौं महानगरपालिकासँग समेत छलफल र सहकार्य गरेर यो सडक खण्डमा स्मार्ट बत्ती जडान गर्न सकिने धारणा राखे। 

उनले शताब्दी पुरुष सत्यमोहन जोशीको फोटो अंकित हुलाक टिकट छिट्टै सार्वजनिक गर्ने बताए। मानिस जिवित छँदा नै सम्मान गर्ने संस्कार बसाल्न महानगरपालिकाले १८ महिना अघि अभिन्नदन कार्यक्रम आयोजना गरेको थियो। महानगरप्रमुखले सत्यमोहन जोशीको चारवटा पुस्तक लोकापर्ण गर्ने तयारी गरेकोसमेत जानकारी गराए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.