बेलायतको घोषणाः कोरोनाको खोप क्रिसमसअघि नै वितरण गरिन्छ

बेलायतको घोषणाः कोरोनाको खोप क्रिसमसअघि नै वितरण गरिन्छ

लण्डन : बेलायतले आगामी क्रिसमसभन्दा अघि नै कोरोनाविरुद्धको खोप सार्वजनिक गर्न सकिने जनाएको छ ।

स्वास्थ्यमन्त्री माट हेनककका अनुसार फाइजर कोभिड १९ भ्याक्सिन यदी सुरक्षित र प्रभावकारी ठहरिएको खण्डमा क्रिसमस भन्दा अघि नै वितरण गरिनेछ । ‘हामी कम्पनीसँग धेरै नजिकबाट काम गरिरहेका छौँ,’ मन्त्री हेनककले बीबीसी टिभीका लागि भने । उनले अघि थपे, ‘यो खोप जति छिटो आयो त्यति नै छिटै हामी यसलाई वितरण गर्ने तयारीमा छौँ । हामी डिसेम्बरको सुरुदेखि नै तयार हुनेछौँ, तर क्रिसमसभन्दा अघि नै सुरु गर्ने सम्भावना धेरै छ ।’

कति खोप आवस्यक पर्छ भनी सोधिएको प्रश्नमा उनले उक्त खोप कति सुरक्षित हुनेछ भन्ने कुराले त्यसलाई निर्धारण गर्ने पनि बताए । कोरोनाभाइरसको महामारी फैलिएको झण्डै एक वर्ष पुग्नै लाग्दा प्रभावशाली देशका वैज्ञानिकले पनि कोभिड १९ विरुद्धको खोप विकासको काम अन्तिम चरणमा पुर्याइसकेका छन् ।

बेलायत, चीन, रुस, अमेरिका, ब्राजिल लगायत देशले तयार पारेका खोप परीक्षणको अन्तिम चरणमा छन् । तीमध्ये केही २०२१ को सुरुमा र केही २०२० को अन्त्यसम्म सार्वजनिक हुने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.