विश्वलाई कोरोना भन्दा जलवायु परिवर्तनको धेरै खतरा छ !

विश्वलाई कोरोना भन्दा जलवायु परिवर्तनको धेरै खतरा छ !

वासिङटन : विश्वले कोरोनाभाइरसको संकट समाधानका लागि तदारुकता देखाए जस्तै गरी जलवायु परिवर्तन समाधानका लागि पनि देखाउनुपर्ने रेडक्रसले चेतावनी दिएको छ ।

अहिले कोभिड १९ बाट भन्दा जलवायु परिवर्तनको असरबाट विश्वलाई धेरै नै खतरा रहेको पनि रेडक्रसले जनाएको छ । कोरोना महामारीको चरम चपेटामा पनि जलवायु परिवर्तनले भयावह रुप लिइरहेको बताउँदै रेडक्रस र रेड क्रिसेन्ट सोसाइटकीको अन्तर्राष्ट्रिय संघ (आईएफआरसी) ले मंगलबार एक रिपोर्ट सार्वजनिक गर्दै यो कोरोना भन्दा धेरै खतरनाक भएको जनाएको हो ।
रिपोर्ट अनुसार १९६० को दशकपछि हरेक वर्ष विश्वलाई नै प्रभावित पार्ने १ सय भन्दा धेरै ठूला विपत्ती आए । ती अधिकांश जलवायु परिवर्तन सम्बन्धी नै थिए । र त्यसबाट ५ करोड भन्दा धेरै मानिस प्रभावित भएको रिपोर्टमा छ ।

‘अवस्य पनि त्यहाँ कोभिड छ, यो हाम्रो अगाडि नै छ । यसले हाम्रा परिवार, साथीभाइहरु र आफन्तहरुलाई नै असर पुर्याइरहेको छ । यो विश्वले भोगेको धेरै धेरै गम्भीर संकट हो । तर जलवायु परिवर्तनले मानव जीवन र पृथ्वीमा यसभन्दा पनि धेरै ठूलो र दिर्घकालिन असर पुर्याउनेछ,’ रिपोर्टमा उल्लेख छ ।

जलवायु परिवर्तनका लागि खोप छैन

आईएफआरसीका उच्च अधिकारीहरुले भनेका छन् कि, कोभिड १९ विरुद्ध छिट्टै खोप उपलब्ध हुन्छ तर जलवायु परिवर्तनको असर कम गर्न कुनै खोपले सम्भव छैन ।

साथै रेडक्रसले जलवायु परिवर्तनका लागि काम गर्न अझै दिगो काम र लगानीको आवस्यकता पर्ने पनि जनाएको छ । २०१९ मा मात्रै विश्वभर ३०८ प्राकृतिक विपत्ती आए र त्यसबाट २४ हजार मानिसको मृत्यु भयो । ती विपत्तीमध्ये ७७ प्रतिशत जलवायु परिवर्तनबाट सिर्जित थिए ।

साथै जलवायु परिवर्तन सम्बन्धी विपदले गर्दा पछिल्लो दशकमा मात्रै ४ लाख १० हजार भन्दा धेरै मानिसको ज्यान गएको छ । यसरी यसको नोक्सान पर्ने धेरैजसो अति विपन्न देश छन् । यस्तै रेडक्रसले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.