ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

झापा : मालबाहक ट्रकले ठक्कर दिँदा बुधबार मध्यान्ह झापाको विर्तामोडमा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटना पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बुद्यशान्ति गाउँपालिका-३ बस्ने ११ वर्षीय दिप्सन कँडेलको र अर्का नाम नखुलेका पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए।

प्रवक्ता थापाका अनुसार नाम नखुलेका पुरुषको परिचय खोज्ने काम भइरहेको छ। अर्कोतिर ट्रकका चालक मोटरसाईकललाई ठक्कर दिने बित्तिकै फरार भएकाले खोजीकार्य भइरहेको थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.