ताप्लेजुङमा ट्याक्टर दुर्घटना एकको मृत्यु, बाबुछोरासहित तीन घाइते

ताप्लेजुङमा ट्याक्टर दुर्घटना एकको मृत्यु, बाबुछोरासहित तीन घाइते

ताप्लेजुङ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ खोक्लिङमा बुधबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीनजना घाइते भएका छन्। 

मृत्यु हुनेमा खोक्लिङकै २२ वर्षीय दलबहादुर गुरुङ छन्। ट्याक्टरका सहयोगी गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए। 

सोही वडाका वडाध्यक्ष अमृत लिम्बुका अनुसार मिक्वाखोला-२ निवासी चालक कृष्ण थापा, उनका छोरा कृतिक थापा र कृजम थापा घाइते छन्। 

घाइतेमध्ये कृजमको अवस्था गम्भीर छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ। चालक कृष्ण र कृतिक भने सामान्य घाइते भएको लिम्बुले बताए। 
अलैंची बोकेर मिक्वाखोला–२ ओझा गाउँबाट वडा नम्बर १ को डाँडा गाउँतर्फ आउँदै गरेको लु ४ त ६५४८ नम्बरको ट्याक्टर सल्लेरी डाँडामा सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो। मृतक गुरुङको शव ट्याक्टरले च्यापिएको अवस्थामा छ। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.